६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
खेल

तेक्वान्दो च्याम्पियनसिप: निर्मललाई स्वर्ण, पुलिस च्याम्पियन

<br>

<br>

एपिएफ क्लबका निर्मल पुनमगरले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा भएको च्याम्पियनसिपमा निर्मलले पुरुष एकल पुम्से (१७ देखि ३० वर्ष उमेरसमूह) मा स्वर्ण जितेका हुन्।

निर्मलले नेपाल पुलिस क्लबका अस्मिन राउतलाई पछि पारे। निर्मलले ७.७८ स्कोर र अस्मिनले ७.७१ स्कोर बटुले। निर्मलले पेयर पुम्से (१७–३० वर्ष) मा पनि एपिएफलाई रजत पदक दिलाएका थिए।

उनी र सञ्जना घर्तिमगरको जोडीले रजत पदक जितेका हुन्। एकल पुम्सेमा पुलिसकै प्रेमबहादुर लिम्बु र अञ्जन चौधरी संयुक्त रूपमा तेस्रो भए। प्रेमले ७.६४ र अञ्जनले ७.३० स्कोर ल्याए।

फाइटतर्फ महिला ३३ केजी तौलसमूहमा अल्फा तेक्वान्दोकी अस्मिता बुढामगरले प्रगतिशीलकी नाव्या भुजेललाई हराइन्।

जैसीदेवलकी यमुना जर्घामगर र वारियर्सकी दीपिका महतोले कांस्य पदक जिते। महिला ३७ केजीमुनि घोरहीकी भावना बिएमले चन्द्रसूर्यकी कोसिन चौलागाईंलाई हराइन्।

यस तौलसमूहमा सन्तोषीकुमारी महतो र सुहाना थापाले कांस्य पदक जिते। पुरुष ४१ केजीमा राहुल हाङ लिम्बु र महिला ४१ केजीमुनि दिया लखाजुले स्वर्ण जिते। राहुलले इमोन रानालाई र दियाले आयुषा गुरुङलाई हराए।

पुलिस च्याम्पियन

नेपाल पुलिस क्लबले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपको अन्तिम दिन सात स्वर्ण जितेको छ।

नेपालस्थित कोरियाली दूतावासको सहयोग र नेपाल तेक्वान्दो संघको आयोजनामा भएको च्याम्पियनसिपमा पुलिसले  पुरुष र महिलाको सिनियरतर्फ विभिन्न विधामा सात स्वर्ण जितेको हो।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा भएको सिनियर पुरुष ५४ केजीमुनि तौलसमूहमा पुलिसका अमन भट्टले स्वर्ण जिते।

उनले च्याम्पियन मार्सल आर्ट्सका पवनजंग खड्कालाई पराजित गरे। यसै विधामा गुनबहादुर भण्डारी र सुजनकुमार मोक्तान संयुक्त रूपमा तेस्रो भए। पुरुष ५८ केजीमुनि तौलसमूहमा पुलिसकै सुमित विष्टले धड्कन रेग्मीलाई पराजित गरे।

यो विधामा पुलिसका पवन खत्री र धनगढी तेक्वान्दो दोजाङका हिरम्बा विष्ट तेस्रो भए। पुरुष ६३ केजीमुनि तौलसमूहमा पुलिसका भुवन महरा पहिलो र अरुण टमाटा दोस्रो भए।

आनन्द कार्की र रोज बोम्जन यो विधामा संयुक्त रूपमा तेस्रो भए। ६८ केजीमुनि तौलसमूहमा पुलिसकै अभिषेक गिरीले पहिलो र छेवाङ तामाङ योञ्जनले दोस्रो स्थान हात पारे।

यसै विधामा प्रवीण नेपाली र रोहित महर्जन संयुक्त रूपमा तेस्रो भए। ७४ केजीमुनि तौलसमूहमा एपिएफका मोहम्मद राफिक पहिलो भए। उनले सुनील महतोलाई पराजित गरेका थिए।

राकेश बोगटी र शुकराज सुनारले यो विधामा तेस्रो स्थान हात पारे। ८० केजीमुनि तौलसमूहमा पुलिसका आशिष भण्डारीले पहिलो स्थान हात पारे।

श्रीमालिकाका दीपेन्द्र ढुंगाना दोस्रो हुँदा राकेश राई र अमिष रञ्जितकारले तेस्रो स्थानमा चित्त बुझाए।

८७ केजीमुनि तौलसमूहमा एपिएफका नीरज देउवाले स्वर्ण हात पार्दा कौटिल्य स्कुलका आयुष चौधरी रजत हात पार्न सफल भए।

सिनियर पुरुष ८७ केजीमाथि तौलसमूहमा पुलिसका कवि अधिकारी पहिलो हुँदा लौनचौरका रिवाज धमलाले दोस्रो स्थान हात पारे। यसै विधामा विवेक श्रेष्ठ र रमण गुरु तेस्रो भए।

महिलातर्फ सिनियर ४६ केजीमुनि तौलसमूहमा पुलिसले पहिलो र दोस्रो दुवै स्थान हात पार्‍यो। पुलिसकी अञ्जली साउद पहिलो हुँदा प्रकृति पाली दोस्रो भइन्।

यसै विधामा सीतापाइलाकी दीपिशा न्यौपाने र वारियर तोक्वान्दोकी महिमा महतो संयुक्त रूपमा तेस्रो भए। ४९ केजीमुनि तौलसमूहमा ढल्कोकी दीक्षा तामाङले पहिलो स्थान हात पारिन्।

गाईघाटकी सन्जु विक दोस्रो हुँदा हिमला अधिकारी र मिनाक्षी बुढाले तेस्रो स्थानमा चित्त बुझाए।

प्रकाशित: ५ कार्तिक २०८१ २२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App