६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

पशुपति धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन

<br>

<br>

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्नका लागि ६ सदस्यीय समिति गठन गरेको छ।

उक्त समितिको अध्यक्षता मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखाका प्रमुखले गर्ने छन्।

समितिमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र मन्त्रालयका संस्कृति शाखाका उपसचिवको उपस्थिति रहेको छ।

समितिले गौशाला धर्मशालाको स्थापना प्रक्रिया, आयव्ययको विवरण, लेखा परीक्षणको अवस्था, संरचनाको संरक्षण, तथा सेवा प्रवाहसम्बन्धी विभिन्न विषयमा अध्ययन गर्नेछ।

यससँगै सार्वजनिक लेखा समितिको सिफारिस, महालेखा परीक्षकको प्रतिवेदन, तथा पूर्वमा गठन भएका समितिका सिफारिसहरूको कार्यान्वयन स्थिति पनि समितिको अध्ययनको क्षेत्रभित्र पर्नेछ।

समितिले यस विषयमा ३० दिनभित्र सम्पूर्ण विवरण सहित प्रतिवेदन पेश गर्नुपर्नेछ।

प्रकाशित: ५ कार्तिक २०८१ २०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App