९ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

जुम्लामा सीमान्तका सवालमा बहस गर्दै साहित्य सम्मेलन सम्पन्न

कर्णालीका भाषा, साहित्य, संस्कृति र स्थानीय ज्ञानसँगै जातीय विभेद, राजनीतिक प्रतिनिधित्व तथा भौगोलिक वञ्चितीकरणका सवालमा बहस गर्दै जुम्लामा आयोजित ‘सीमान्त साहित्य सम्मेलन’ सम्पन्न भएको छ।

कुटिरो रिसर्च प्रालिको आयोजनामा भएको सम्मेलनमा साहित्य, जातीय विभेद, आगामी निर्वाचन, स्थानीय सीप तथा शिल्प र शासन–प्रशासनमा कर्णालीको पहुँचलगायत विषयमा पाँचवटा सत्रमा छलफल गरिएको थियो।

सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले गरेका थिए। सम्मेलनमा साहित्यकार, लेखक, अध्येता, अनुसन्धानकर्ता, पत्रकार तथा स्थानीय ज्ञानका जानकार सहभागी थिए।

आयोजकका अनुसार सम्मेलनको उद्देश्य सीमान्तकृत भूगोल र समुदायका भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा स्थानीय ज्ञानलाई राष्ट्रिय साहित्यिक र बौद्धिक बहससँग जोड्नु हो। साथै, कर्णालीको मौलिक पहिचानको संरक्षण र जातीय तथा भौगोलिक विभेदका सवाललाई राष्ट्रिय विमर्शमा स्थापित गर्ने प्रयास गरिएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ २१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App