६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिक समाजको ठाउँलाई साँघुरो पार्नु हुँदैन: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिदै गएको बताएका छन्।

सोमवार ‘‘रुल अफ ल एण्ड हुमन राइट्स’ विषयक कार्यक्रममा बोल्दै पूर्वप्रधान न्यायाधीश श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिदै गएको बताएका हुन।उनले जनताहरू संगठित हुन पाउने उनीहरूको अधिकार भएको भन्दै नागरिक समाजलाई संयुक्त राष्ट्र सङ्घले समेत स्थान दिएको बताए।

उनले नागरिक समाजको ठाउँहरूलाई साँघुरो पार्नु नहुने बताए। पूर्व प्रधानन्यायाधीश श्रेष्ठले नागरिक समाजको ठाउँ साँघुरिनु प्रजातन्त्रको लागि राम्रो सूचक नभएको धारणा राखे। उनले राष्ट्रवाद र पपुलिज्म बढेसँगै प्रजातन्त्र र मानव अधिकारको एजेन्डा ओझेलमा पर्ने अवस्था रहेको बताए। 

प्रकाशित: ५ कार्तिक २०८१ १८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App