६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, बुद्धि कमजोर भएर बाहिर बसेँ: वामदेव गौतम

<br>

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एमाले) को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका छन्।

सोमबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले एमालेको ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका हुन। उनले आफ्नो बुद्धि कमजोर भएका कारण अहिले एमाले बाहिर बस्नुपरेको पनि बताए।

उनले विगतमा चितवनस्थित नारायण घाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौं जोड्ने स्थल मार्ग बन्द गर्न आफूले आग्रह गरेको भए पनि सरकारले नसुनेका कारण पछिल्लो विपद्‌मा क्षति भोग्नुपरेको जिकिर गरे।

उनले आफूले अध्ययन गरेर पुनः विपद् आउँदछ भनेर राष्ट्रिय सभा बैठकमै सरकारलाई सजग गराएको भए पनि कुरा नसुनिएको धारणा राखे। उनले प्रधानमन्त्रीलाई नेपालको भौगर्भिक अवस्थाको अध्ययन गर्न समेत आग्रह गरे।

राष्ट्रिय सभा सदस्य गौतमले सहकारीको रकम भ्रष्टाचार गर्नेहरूलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने धारणा पनि राखे। उनले सहकारीको रकम दुरुपयोग भइरहेकाले अब सहकारीहरूलाई नै बन्द गर्नुपर्ने पनि बताए।

उनले जमिन राज्यको मातहतमा नआएसम्म विकास हुन नसक्ने भन्दै नेपालको सम्पूर्ण जमिन राज्यको मातहतमा ल्याउनुपर्नेमा जोड दिए। उनले क्षतिपूर्ति दिएर जमिन राष्ट्रियकरण गर्नुपर्ने धारणा राखे।

प्रकाशित: ५ कार्तिक २०८१ १७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App