५ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

न्यायपालिकालाई लयमा फर्काउने प्रधानन्यायाधीशको अठोट

<br>

<br>

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई थप प्रभावकारी र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँगको सामूहिक भेटमा उनले न्यायपालिकालाई लयमा फर्काउन निष्ठा र निष्कलंक छविका न्यायाधीशहरूको साथमा काम गर्न दृढ संकल्प व्यक्त गरे।

उनले अदालतभित्रका चुनौती र असहज परिस्थितिहरूलाई समाधान गर्ने दायित्व आफूले पूरा गर्ने जिकिर गरे।

प्रधानन्यायाधीश राउतले न्यायालयका समस्याहरू समाधान गर्न सञ्चारकर्मीहरूको साथ र सहयोगको अपेक्षा राखेको बताउँदै भने, "यो अदालत नागरिकका हक र अधिकारका लागि प्रतिवद्ध छ। सञ्चारकर्मी मित्रहरूले न्यायालयका कुराहरू जनसमक्ष पुर्‍याउनु जरुरी छ। म तपाईंहरूको अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्छु र त्यसको संरक्षणमा हामी लागिपर्नेछौं।"

उनले सञ्चारकर्मीहरूसँग संवाद र सूचना आदानप्रदानलाई बढाउनुपर्ने आवश्यकता औंल्याउँदै न्यायिक नेतृत्वले सञ्चारकर्मीहरूसँग सहकार्य गरेर अघि बढ्न चाहेको सुनाए।

साथै, उनले न्यायालयभित्र रहेका समस्याहरू समाधान गर्ने नैतिक जिम्मेवारी आफूले लिने प्रतिबद्धता पनि जनाए।

प्रधानन्यायाधीश राउतले देश, जनता, संविधान र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सञ्चारकर्मीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रण गरे।

प्रकाशित: ५ कार्तिक २०८१ १६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App