६ आश्विन २०८१ आइतबार
image/svg+xml

पूर्व प्रधानमन्त्री नेपाल रौतहटका दुई क्षेत्रबाट सिफारिस

एकीकृत समाजवादीको रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकबाट अध्यक्ष नेपाललाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको छ भने क्षेत्र नम्बर ४ बाट पनि नेपालको नाम सिफारिश गरिएको छ।

गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व मैले गरेको हुँः माधव नेपाल

गणतन्त्रको पक्षमा काँग्रेस नरहेको, माओवादी भित्र पनि सांस्कृतिक राजाको कुरा भईरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए। अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टहरुले कहिल्यै पनि भुल्न नहुने पटकपटक दोहोर्‍याए।

चुनाव अघि वाम एकता सम्भव छैन: माधव नेपाल

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले चुनाव अधि वाम एकताको सम्भावना नरहेको बताए।

काँग्रेसमा सोहोर्ने बानी छ, उभ्रेको, फालेको चिज दिन खोजे स्वीकार्य हुँदैनः नेपाल

‘सम्मानका साथ सहमति भयो भने स्वीकार्य हुन्छ। तर सबै सोहोरौं र उभ्रेको, फालिएको चिज कसैले दिन खोज्छ भने हामीलाई त्यो स्वीकार्य हुँदैन।’ ‘हामीले अघिल्लो चुनावमा गठबन्धन भनेर बस्दा धेरै हण्डर र ठक्कर खाएका छौँ। यसपटक त्यस्तो हुन दिने छैनौँ,’ उनले भने।

देशलाई गरिबीबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षा आवश्यक: नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन्।

कलम चिन्हबाटै चुनाव लड्छौँ: माधव नेपाल

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यहि गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गरेको बताए।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संयुक्त घोषणा पत्र, पार्टी संयोजन समिति गठन गर्ने सहमति

दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने, पार्टी एकता संयोजन समिति गठन गर्ने, माओवादी केन्द्रको अर्को नाम राख्ने र गठबन्धन कायम राख्ने सहमति भएको हो।

अध्यक्ष दाहाल र नेपालबीच आगामी निर्वाचन तयारीबारे छलफल

दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको थियो। यस्तै, आगामी मंसिर ४ गते हुने संघीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यसअवसरमा छलफल भएको थियो।

एकीकृत समाजवादी काठमाडौँको अध्यक्षमा एलपी श्रेष्ठ

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन लक्षित कार्ययोजना तयार गरी प्रचारप्रसारमा कमिटी क्रियाशील हुने बताएका छन्।

केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्नुस्ः माधव नेपाल

'केपी ओलीका खुट्टा टाँसीटाँसी हिँड्ने पनि होइन। हामीलाई समाप्त पार्ने कोसिस गरेसम्म हामीले पनि उनीहरुप्रति माया, दया गरेर बस्ने पनि होइन। अहिले पनि मसँग खबर आइरहेका छन्–केपी ओलीसँग बस्न सकिदैन भन्दै कतिपय मानिसहरुले सम्पर्क गरिरहेका छन्। यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लड्न चाहन्छौं भनिरहेका छन्। त्यसो हुनाले एमालेसँग जाने कल्पनानै गर्न सकिदैन। जुन पार्टीले हाम्रो अस्तित्व स्विकार गर्दैन। जसले हामीलाई अपराधि घोषणा गरेको छ।'

एमसीसी माधव नेपालको कार्यकालबाट सुरु भएको होः गगन थापा

‘हामीले संयुक्त राज्य अमेरिकासँग गरेको सम्झौता एमसीसी सरकारमा हुँदा र नहुँदा एउटै मतमा छौँ। यो प्रारम्भ नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालको नेतृत्वमा हो। अझ माधव नेपालको बेलामा प्रारम्भ भएर झलनाथ खनाल हुँदै, बाबुराम भट्टराई, पुष्पकमल दाहाल हुँदै यहाँसम्म आइपुगेको हो। एमसीसी सम्झौता झैँ नेपाली काँग्रेसकै नेता डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री हुँदा बीआरआईमा पनि हस्ताक्षर गरेका हौँ।’

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय। डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताए।

पद र पैसाको निम्ति पार्टी भित्र जे पनि गर्ने प्रवृत्ति देखापर्‍यो: माधव नेपाल

‘पद र पैसाको निम्ति जे पनि गर्ने प्रवृत्ति सुरु भएको छ। मैले पाइँन भनेर कुकर्म गर्न र गुटबन्दी गर्न थाल्छन्। अनेक षडयन्त्र र जालझेल गर्न थाल्छन्, उनले भने,‘यस्ता प्रवृत्ति नियन्त्रण हुनुपर्छ।’

निर्वाचन तयारीका लागि एकीकृत समाजवादीले तोक्यो केन्द्रीय नेताहरूको जिम्मेवारी

नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको कदर हुनुपर्छः सोमप्रसाद पाण्डे

‘राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने, राष्ट्रिय सहमतिबाट नै यो मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने अहिलेको आवश्यक्ता महशुस भएको छ। आगामी निर्वाचनको सवालमा सिट बाँडफाँट गर्ने कुरा हो, त्यसमा आफ्नो आफ्नो पार्टीको जोडबल त रहन्छ नै, जुन उद्देश्य र समयको आवश्यक्तालाई पूरा गर्ने गरेर गठबन्धन गरेका थियौँ, गठबन्धन भित्र रहेका दलमा आपसी समझदारी हुन्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्