१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कलम चिन्हबाटै चुनाव लड्छौँ: माधव नेपाल

<div>फाइल तस्बिर।<br></div>

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिन्ह कलमबाट आगामी प्रतिनिधि र प्रदेश सभा चुनाव लड्ने बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यहि गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गरेको बताए। उनले भने, ‘पाँचदलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्छौं। माओवादी केन्द्रसँग चुनावपछि एकता अघि बढ्छ। त्यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको छ।’

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने प्रचण्ड माधवबीच समझदारी बनेको छ। त्यस्तै पार्टी एकताका लागि राजनीतिक, वैचारिक काम गर्न पार्टी एकता संयोजन समिति गठन गर्ने सहमति पनि भएको छ।

प्रकाशित: ७ भाद्र २०७९ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App