६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल–खनाल खटपट

नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु भएको छ।

‘तेस्रो ध्रुव कांग्रेस र एमाले दुवैविरुद्ध हुनसक्छ’

नेपालले गठबन्धन दलहरूबीच मिलेर जाने सहमति भइसकेको बताए। तर कसले कति सिट पाउने भन्ने निर्णय भने नभएको स्पष्ट पारे।

एमालेलाई ढाल्न प्रचण्ड र माधव काँग्रेसको बिँड बनेका छन्ः ओली

'अनि अरु रुखहरुले सोधे–किन यसरी आँशु खसाएर रोएको? आखिर ढल्नु त छदैछ, मर्नु त छँदैछ। अब ८ अर्व वर्षपछि केही विचमा भएन भने, केही बीचमै भयो भने त ध्वस्त भइहाल्छ। बीचमा केही पनि भएन भने पनि २३ सिटमा पुर्‍याएको काँग्रेसले हामीतिर लडने त होइन, लडने कुरा छाडिदिउ, सोझो हेर्ने अवस्था पनि थिएन। यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिष्ट सरकार ढालीपाउ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुन्। काँग्रेसको बिँड हेर्नुस्त कस्ता छन्? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन्। के–के नामका छन्?'

विकासका काममा राजनीति नगर्न नेता नेपालको आग्रह

गृहनगर गौरमा सोमबार सिटी हलको शिलान्यास गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । बजेटको राम्ररी सदुपयोग गरी काम गर्न सके विकास हुन्छ, तर जनप्रतिनिधिको चाहना र भावना विकास गर्ने हुनुपर्‍यो भन्दै उनले विकास जसले गरे पनि प्रोत्साहित गर्नुपर्ने र सहयोगको भावना राख्नुपर्ने बताए ।

अबको निर्वाचनमा सोचेभन्दा बढी सिट हासिल गर्छौँ: अध्यक्ष नेपाल

'स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ/प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ।'

नेपाल कुनैपनि सैन्य गठबन्धनमा सामेल हुने कल्पना नगरे हुन्छः माधव नेपाल

'नेपालको हीतमाथि आघात पुग्ने किसिमका अनुचित शर्तहरु राखेर आर्थिक सहायता पनि आउँछन् भने मान्नुहुँदैन भने सैनिक कुरासँग जोडिएको, सुरक्षासँग जोडिएका कुराहरुमा कुनै गठबन्धमा, कुनै कसैको एलायन्स बनेर जाने कुराको सन्दर्भमा नेपालले सामेल हुने कल्पना नगरेपनि हुन्छ।

अब गठबन्धनको डम्फू बजाएर बस्न सकिँदैनः माधव नेपाल

‘अहिले तपाईहरुलाई थाहा छ–हामीले स्थानीय तह निर्वाचनमा भाग लियौं। अब मंसीर महिनामा चुनाव आउँदैछ। सम्भवत मंसीर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ। अब कति दिन कति हामीले गठबन्धनको डम्फू बजाएर बस्ने? अब डम्फू बजाउने होइन। अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने। यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो।’

दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन सक्दैनः माधव नेपाल

'हाम्रो राजनीतिको केन्द्रबिन्दु देश र जनता हुनेछ। राजनीतिमा विकृतिहरु, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ। भ्रष्ट प्रवृति देखिरहेको छ। दलाल पुँजीलाई पोसेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्शान पुर्‍याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रवर्द्धन हुनेकुरा सम्भव छैन।’

नेकपा फुटाउन केपीले भूमिका खेले, संघीय निर्वाचनमा हाम्रो पार्टीको सिट बढ्छः माधव नेपाल

एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकतावद्ध गर्न नसकेको आरोप लगाए। उनले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताए।

एनआरएनएलाई राजनीतिक बाहेक पूर्णअधिकार दिनुपर्छः केपी ओली

ओलीले गैरआवासीय नेपालीहरुलाई एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्यता अनुरुप नागरिकताको निरन्तरता हुनुपर्ने विचार व्यक्त गरेका थिए। उनले गैरआवासीय नेपालीहरुलाई दिइने नागरिकतामा राजनीतिक अधिकार बाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए।

राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको होः अध्यक्ष नेपाल

'यहीरुपमा हामीले पार्टी निर्माण गर्ने कामलाई अगाडि बढाइरहेका छौँ,' नेपालले भने, 'पार्टीलाई यसरी अगाडि बढाउने क्रममा नै हामीले अब आउने निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको छ।'

ओलीप्रति इंकित गर्दै नेपालले भने: हैसियत नै छैन भन्नेको घमण्डलाई आगामी निर्वाचनमा चकनाचुर पार्छौं

‘हाम्रो काँध बलियो रैछ अहिलेसम्म धानेकै छौ’ नेता नेपालले भने। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले परराष्ट्र नीतिलाई जोगाउने कुरामा पाँच दलीय गठबन्धन सरकार गम्भीर रहेको भन्दै असंलग्न परराष्ट्र नीतिलाई अंगिकार गर्ने कुरामा कहिल्यै नचुक्ने बताए।

निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं नोक्सानी हुन्छः दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रुपैयाँको नोक्सानी हुने बताएका छन्।

‘अब चुनाव एक्लै लडौं’

एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्