२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना पोजेटिभ देखिएका किशोरका परिवारसहित १ सय १६ को स्वाब काठमाडौं लगियो

काठमाडौंबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले सर्लाहीबाट १ सय १६ जना सर्वसाधारणको घाँटीको स्वाब संकलन गरेर लगेको छ ।

उपचारमा रहेका चार जनाको लगातार दोस्रो रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ भई नारायाण अस्पताल विरगंजमा उपचार गराइरहेका चार जनाको परीक्षण रिपोर्ट लगातार दोस्रो पटक नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भैरहेको छ ।

सडक मजदुर अलपत्र

कोरोना भाइरस (कोभिड-१९)ले नेपालमा संक्रमण नफैलियोस भनेर सरकारले गरेको लकडाउनबाट सर्वसाधारण मारमा पर्न थालेको छन् । लकडाउन भएदेखि काम नभएका कारण सडक निर्माणमा काम गर्दै आएका नेपालगञ्जका ७ जना मजदुर मोरङमा अलपत्र परेका छन् ।

रमजानमा लकडाउनको असर, घरमै बसेर नमाज आदा

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् ।

आन्तरिक तथा बाह्य उडान जेठ २ सम्म बन्द

कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ। शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो।

शिवाई र मोथियाही सुरक्षित, उदयपुरको जनजीवन सामान्य बन्दै

पछिल्लो पटक पठाइएको सबै स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बनेको भुल्के नजिकैको मोथियाही र भारतीय धर्म प्रचारकको प्रवेश विन्दु शिवाई सुरक्षित पाइएको छ । त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा भेटिएका १२ भारतीयसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सीमा जोडिएको त्रियगा २ मोथियाही र सुरुमा भारतीय प्रवेश गर्दा बसेको चौदण्डीगढी नगरपालिका ५ शिवाईबासीको रिपोर्ट नेगेटिभ आएको हो ।

निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाको पेनस्टक खन्ने काम सम्पन्न

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत आयोजनाले पेनस्टक खन्ने काम सम्पन्न गरेको छ । लकडाउनको समयमा पनि निरन्तर कामअघि बढाइरहेको आयोजनाले शुक्रबार पेनस्टक खन्ने काम सम्पन्न गरेको हो । ४ सय ४५ मिटर हेड भएको करिब १ हजार मिटर लामो इनक्लाइन्ड पेनस्टकसहितको पेनस्टक खन्ने काम सकिएको छ ।

लकडाउनको ३३औं दिन : राजधानीका सडक सुनसान

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन । गत चैत ११ गते यता देशभर लकडाउन लागू गरिएको छ । लकडाउनका कारण सहरी क्षेत्रको दैनिक जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ ।

क्वारेन्टाइनमा बस्नेको थरिथरिका माग

खोटाङ– नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा विदेश वा शहरबाट आउने स्थानीयलाई राख्नका लागि खोटाङका दशवटै स्थानीय तहले काम चलाउ क्वारेन्टीन बनाएका छन् । हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका लगायतका स्थानीय तहको काम चलाउ क्वारेन्टीनमा शहरदेखि विदेशबाट आउने स्थानीयलाई राखिएका छन् । तर, संकटकोबेला दुःखकष्ट गर्दै गाउँ आइपुगेका स्थानीयलाई क्वारेन्टीनमा लगेर राख्न भने सहज छैन । ‘क्वारेन्टीनमा बस्दिन’ भनेर अड्डी कस्ने आफ्ना जनतालाई कतिपय स्थानीय सरकारले क्वारेन्टीनमा बस्नका लागि ‘कन्भिन्स’ गर्न सकेकै देखिन्न । उनीहरुलाई १४ दिनका लागि क्वारेन्टीनसम्म पुर्‍याउनका लागि स्थानीय तहका जनप्रतिनिधिलाई ‘कन्भिन्स’ गर्न जती गार्‍हो छ, उत्तिकै गार्‍हो भइरहेको छ उनीहरुको माग पुरा गर्न । क्वारेन्टीनमा राखिएका कतिपय व्यक्तिले थरिथरिका माग राखेर हैरान पार्ने गरेको स्थानीय तहका प्रमुखहरु बताउँछन् । क्वारेन्टीनमा राखिएका नागरिकले ‘चुनाव त आवस, देखाइदिन्छौँ’ भन्दै धम्की दिने गरेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । ‘परदेशबाट गाउँ आएपछि घरैमा बस्छौँ भन्छ, क्वारेन्टीनमा बस्नुपर्छ भन्दा चुनाव त आवस् न भन्छ,’ अध्यक्ष राईले भने, ‘सम्झाई बुझाई क्वारेन्टीनमा लगेपछि मासु माग्छ, सुप चाहियो भन्छ ।’ विदेशबाट फर्किएका श्रीमान क्वारेन्टीनमा बस्दा बाहिर श्रीमती आएर बाहिर रुवाबासी गर्न थालेपछि श्रीमान श्रीमतीकै रुवाबासी देखिने गरेको अध्यक्ष राईले बताए । क्वारेन्टीनमा राखिएका कतिपय व्यक्तिले नेटको सुविधा, मिठो खानपिन र आरामदायी ओछ्यानको माग राख्ने गरेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । ‘नेट चाहियो भन्छ, दूध चाहियो भन्छ, ओछ्यान भएन भन्छ, कतिको माग पुरा गर्नु !,’ अध्यक्ष निरौलाले भने, ‘कसैले यस्तो ठाउँमा पनि सुत्ने हो भनेर बाहिरबाट उचालिदिँदो पनि रहेछ ।’ यस्तै, क्वारेन्टीनमा राखिएका कतिपयले खसी, कुखुराको मासु, नेटको सुविधा माग्ने गरेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए । ‘खसीको मासु चाहियो, कुखुराको मासु चाहियो भन्छ, नेट चाहियो भन्छ,’ निरौलाले भने, ‘क्वारेन्टीनमा बस्नेको माग थरिथरिका छन् ।’ सोझासिधा क्वारेन्टीनमा, टाठोबाठो होम क्वारेन्टीनमा हाल खोटाङका विभिन्न स्थानीय तहमा बनाइएको काम चलाउ क्वारेन्टीनमा ९७ जनालाई राखिएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको क्वारेन्टीनमा ७२ जना, हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टीनमा १३ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्वारेन्टीनमा १० जना, बराहपोखरी गाउँपालिकाको क्वारेन्टीनमा ७ जना, रावाबेँसी गाउँपालिकाको क्वारेन्टीनमा ७ जना, खोटेहाङ गाउँपालिकाको क्वारेन्टीनमा ६ जना र साकेला गाउँपालिकाको क्वारेन्टीनमा २ जनालाई क्वारेन्टीनमा राखिएको छ । क्वारेन्टीनमा बस्नेको व्यक्तिलाई नियल्ने हो भने सोझासिधा मात्र क्वारेन्टीनमा राखे/बसेको देखिन्छ । भारतका विभिन्न शहर, काठमाडौं, बिराटनगर, इटहरी लगायतका शहरमा पुगेर दैनिक ज्यालादारी काम गर्ने सर्वसाधारणलाई मात्र क्वारेन्टीनमा ल्याएर राखिएको स्थानीयको गुनासो छ । जिल्ला भित्रिने टाठाबाठा बाटो छल्दै गाउँघरमा पुग्दा सोझासिधा भने सम्झाई–बुझाई गरेपछि क्वारेन्टीनमा पुग्ने गरेका छन् । जिल्ला समन्वय समितिको सभाहलमा आईतबार आयोजित नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकमा स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद रिग्देलले पनि ‘सर्वसाधारण क्वारेन्टीनमा, पहुँचवाला होम क्वारेन्टीन’मा राखिएको उल्लेख थिए ।

लकडाउनमा निरन्तर रक्तदान

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अधिकांश देशमा छ । संक्रमण फैलिन नदिन देशभर लकडाउन भएपनि अस्पतालहरुले सेवा दिइरहेका छन् । दुई हप्ताका लागि सरकारले नियमित स्वास्थ्य जाँच र शल्यक्रिया नगर्न निर्देशन दिए पनि अस्पतालमा रगतको आवश्यकता छ ।

बागलुङकी १९ वर्षिय युवती कोरोना मुक्त भएपछि डिस्चार्ज

कोरोना संक्रमित बागलुङ नगरपालिका—४ कुँडुलेकी १९ वर्षिया युवती कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

झापाका ६२ वर्षिय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

झापाका दमक नगरपालिका-३ का ६२ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।

ट्रेसिङ र टेस्टिङका लागि टोली गठन

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजिकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ।

२५ वटा बसबाट १ हजार २६७ नगरबासी भित्रिए

‘लकडाउन’का बीचमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंबाट हजार भन्दा बढि नगरबासीलाई भित्र्याएको छ । शहरमा बसिरहेको अवस्थामा ‘लकडाउन’का कारण समस्यामा परेको भन्दै नगरपालिकाले १ हजार २६७ नगरबासीलाई गाउँमा ल्याएको हो । होम क्वारेन्टीनमा बस्ने सर्तमा बिहीबार १२ वटा बसमार्फत ५८६ सर्वसाधारण भित्र्याएको नगरपालिकाले शुक्रबार १३ वटा बसमार्फत ६८१ जनालाई घर ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

खोटाङका सबैको आरडिटि रिपोर्ट ‘नेगेटिभ’

विदेशबाट फर्किएका खोटाङका सबै व्यक्तिको नोबेल कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्