आगामी राणनीति तय गर्न राप्रपाले बोलायो केन्द्रीय समित बैठक
राष्ट्रिय स्वाभिमान यात्रा तथा वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्न बैठक बस्न लागेको हो।
राष्ट्रिय स्वाभिमान यात्रा तथा वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्न बैठक बस्न लागेको हो।
उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त तथा दुरुस्त बनाउन करिडोर निर्माणको कामलाई तीव्रता दिइएको छ।
सडक चौडा भएसँगै सडकलाई व्यवस्थित नगर्दा पैदलयात्रु असुरक्षित बनेका छन्। चालकले सवारीसाधन तीव्र रूपमा गुडाउने र पैदलयात्रुले जथाभावी बाटो काट्दा फराकिला सडकमा धेरैको ज्यान जाने गरेको हो।
यहाँ प्रत्येक दशक राजनीतिक परिवर्तनका लागि आन्दोलन भएका छन्। राजनीति एउटा टुंगोमा पुगेपछि अहिले थाकेका सर्वसाधारण सुस्ताइरहेको अवस्था छ।
नेपाल इन्भेस्टमेन्ट बैंकले सुनसरीको देवानगन्ज गाँउपालिकामा ८०औं शाखा विस्तार गरेको छ। देवानगन्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ। उक्त शाखाले करिब ५० हजार स्थानीयलाई वित्तीय सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।
चारपल्ट म्याद थपेपछि मात्रै लगनखेलदेखि सातदोबाटो जोड्ने मुख्य सडक विस्तारले तीव्रता पाएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले सडक आसपासका स्थानीयलाई मुआब्जा दिएर सडक चौडा गरिरहेको छ।
गतबर्ष बैशाख १२ गते सर्वोच्च अदालतले क्षतिपुर्ती दिएर मात्र सडक विस्तार गर्न भनेपछि रोकिएको बुटवल राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडकविस्तार फेरी पनि अदालतले रोकिएको छ। व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक योजनाले चैतको दोस्रो साता अदालतकै आदेश अनुसार घर धनीलाई क्षतिपुर्ती दिने गरि सडक विस्तार गर्ने र आफ्नो जग्गा भएको प्रमाण सहित मुआब्जाका लागि दाबी गर्न भनेर सूचना जारी भएको थियो।
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोसी राजमार्गमा निर्माणाधीन ४९ किलोमिटर सडकमध्ये साढे छ किलोमिटर मात्रै मापदण्डबमोजिमको हुने भएकाटहरी बजारदेखि उत्तर तरहरा बजारसम्मको सडक–खण्ड मापदण्डअनुसारको हुनेछ भने बाँकी खण्डमा मापदण्ड मिचिनेछ।
भक्तपुरको सल्लाघारी चोकदेखि दुवाकोट पुग्ने सडक विस्तार योजना सकिनुपर्ने समय नाघिसक्दा पनि सुरु हुन सकेको छैन। भक्तपुरको सल्लाघारी सल्यानवस्ती चोकदेखि दुवाकोट पुग्ने सडक गएको पुसबाट सुरु गरी असारमै सक्निुपर्ने भए पनि सुरु हुन नपाएको हो।
नेपाल टेलिकमको चौथो पुस्ताको मोबाइल नेटवर्क (फोरजी) विस्तार परियोजनामा ठूलो रकम खर्च गरेर अनियमिता हुन सक्ने भन्दै सांसदहरुले प्रश्न उठाएका छन्। आइतबार संघीय संसदको अर्थ समितिमा बोल्दै ‘सांसदहरुले सानो बजेटमा अपग्रेड गर्न सकिने परियोजनामा किन ठूलो रकम खर्च गरेर नयाँ प्रविधि ल्याउन लागिएको हो’ भनी प्रश्न उठाएका छन।
सर्वोच्च अदालतले मुआब्जा विवाद मिलाएर काम अगाडि बढाउन आदेश दिएपछि त्रिभुवन राजपथअन्तर्गत वीरगन्ज–पथलैया सडक विस्तार निर्वाध रूपमा अगाडि बढ्ने भएको छ।
धार्मिकस्थल गोसाईकुण्डमा विद्युत् विस्तारको काम सुरु भएको छ। चालु आर्थिक वर्ष २०७५/७६ भित्र गोसाईकुण्डमा विद्युत् पु-याउनका लागि काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।
आचार्य मल्टी बिजनेस (एएमबी) ग्रुप प्रालिले टीकापुरमा दुई करोड लागतमा अगरबत्ती उद्योग सञ्चालनमा ल्याएको छ। सञ्चालक प्रेम आचार्यले आफै उत्पादन गर्ने नेपालको पहिलो अगरबत्ती उद्योग भएको दाबी गरे। उनका अनुसार अन्यले भारतीय उत्पादनलाई आफ्नो ब्रान्डका नाममा बिक्री गर्ने गरेका छन्।
समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँहरू अहिले झिलीमिली भइसक्थे। ६ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत विस्तारको काम साढे तीन वर्षमा पनि पूरा भएको छैन्।
धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफैं घर भत्काएर सडक फराकिलो बनाएका छन्।