१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्य

चौथोपल्ट म्याद थपेपछि चौडा बन्दै

चारपल्ट म्याद थपेपछि मात्रै लगनखेलदेखि सातदोबाटो जोड्ने मुख्य सडक विस्तारले तीव्रता पाएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले सडक आसपासका स्थानीयलाई मुआब्जा दिएर सडक चौडा गरिरहेको छ। आयोजनाले ०७४ असोज २६ मा सक्ने गरी गत जेठ २६ गते समानान्तर निर्माण प्रालिलाई सडक विस्तारको जिम्मा दिएपछि सडक विस्तार सुरु भएको थियो। तर, सडक छेउका घरधनीलाई मुआब्जा दिनेबारे विवाद भएपछि सडक विस्तार सुस्ताएको थियो। सडक विस्तारको ठेक्का पाएको ठेकदार कम्पनीले अहिले सडकछेउका बिजुली पोल व्यवस्थापन गर्ने, स्थानीयलाई घरजग्गाको मुआब्जा दिने, रुख काट्ने लगायत काम सकाएको छ।

उक्त सडक ललितपुरको जाम हुने मुख्य सडकमध्ये पर्छ। सडक विस्तार नहुँदा लामो समयदेखि यस सडकमा सवारी जाम बढ्दै गइरहेको थियो। आउँदो असारसम्म कालोपत्रे हुने गरी विस्तार कार्य ठेकेदार कम्पनीले गरेको छ।


उपत्यका सडक विस्तार आयोजना आयुक्तको कार्यालय ललितपुर प्रमुख दिनेश पोटेले सडक छेउका ९ घर मात्रै भत्काउन बाँकी रहेको जानकारी दिए। उनले सडक छेउमा स्थानीयले घरको मुआब्जा दिने र निर्माण सामग्री जुटाइरहेको जानकारी दिए। ‘हामीले स्थानीयलाई क्षतिपूर्ति दिँदै घर भत्काउन थालेका छौँ, धेरैजसो घर भत्काएर सडक चौडा पार्ने र कालोपत्रेको लागि ग्राभेल ओछ्याउने कार्य सकिएको छ,’ उनले भने।

उनका अनुसार यसअघि सडक विस्तारका क्रममा पर्ने खानेपानीका पाइप, बिजुलीका पोल, घर भत्काएर स्थानीयलाई मुआब्जा दिँदा सडक विस्तारमा ढिलाई भएको हो। उक्त सडक ललितपुरको जाम हुने मुख्य सडकमध्ये पर्छ। सडक विस्तार नहुँदा लामो समयदेखि यस सडकमा सवारी जाम बढ्दै गइरहेको थियो। आउँदो असारसम्म कालोपत्रे हुने गरी विस्तार कार्य ठेकेदार कम्पनीले गरेको छ।

‘सडक विस्तार सुरु भएपछि सर्वसाधारण जामको सकसबाट मुक्त हुनेछन्,’ समानान्तर निर्माण प्रालि प्रमुख नीरजकुमार थपलियाले भने, ‘सडक साँघुरो भएकै कारण यो सडकमा अत्यन्तै जाम हुन्छ ।’ आयोजना प्रमुख दीपक केसीका अनुसार ६ करोड ४९ लाख ८१ हजार रूपैयाँ अनुमानित लागतमा १६ महिनामा सक्ने गरी ठेकदार कम्पनीलाई ठेक्का दिइएको थियो।
‘हामीले १६ महिनामा विस्तार कार्य सक्ने गरी ठेक्का दिएका छौँ,’ उनले भने, ‘सडकछेउका रूख, टेलिफोन तार, बिजुलीका पोल व्यवस्थापन र सडकछेउका घर भत्काउनुपर्ने भएकाले सुरुको ६ महिना त्यसमै खर्च भएको थियो, अझै केही घर भत्काउन बाँकी छ। यी घर भत्काइसकेपछि द्रुत गतिमा सडक फराकिलो र कालोपत्रे थाल्छौँ।’

प्रकाशित: २० वैशाख २०७६ ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App