निर्वाचन आयोगविरुद्ध उपेन्द्र अदालत जाने
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ।
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहले एकअर्कामाथि गरेको कारबाही विधानसम्मत नदेखिएको भन्दै अभिलेखीकरणका लागि अस्वीकार गरेको छ।
जसपा संसदीय दलकी प्रमुख सचेतक पूर्मति ढेंगा मगरले आफ्ना पार्टीका सांसदहरुलाई लिखित पत्र पठाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन्।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी सांसद मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् ।
सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्वराष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्।
पूर्व राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवलाई सरकारमा पठाइएको छैन। पूर्व राजपाका अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक जना सदस्य महेन्द्र यादवले कित्ता परिवर्तन गरेका छन्।
शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको महन्थ– राजेन्द्र समूहका नेताहरुलाई मन्त्री पद दिने भएपछि आफ्नै पार्टीकालाई हटाउने भएका हुन्।
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने निर्णय गरेको छ। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ठाकुर पक्ष सरकारमा जान लागेको हो।
पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादव समूहमा गएका हुन्।
अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भएको ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले जानकारी दिए।
अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जेठ १७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय कार्यकारीणी समिति सदस्यमा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णको नाम हटाइ दिन आयोगलाई पत्र पठाएको हो।
केशव झा नेता हुन् । उनी जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य हुन् । तर उनको परिचय यतीमा मात्र सीमित छैन, उनी एउटा गायक पनि हुन् । अहिलेसम्म उनले १० वटा गीत गाएका छन् । राजनीतिको कारण उनको संगित क्षेत्रको परिचय ओझेलमा परहेको छ ।
जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराईको पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कास गर्ने निर्णय गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले शुक्रबार सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा ओली सरकारबाट केही प्रशासनिक माग सम्बोधन भए पनि राजनीतिक माग मुद्दा सम्बोधन हुन्छ भनी सोच्नु हानिकारक भएको निष्कर्ष निकालेको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ।