२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गोरखाका सिडिओसहित ३२ जनालाई कोरोना संक्रमण

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसहित ३२ जना लाई कोरोना संक्रमण भएको छ। ४४ वर्षका प्रजिअ भट्टराई र उनकी पत्नीलाई कोरोना पुष्टि भएको रिपोर्ट आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

संक्रमणका कारण आमाको दाहसंस्कारबाट जिसस प्रमुख नै बञ्चित

कोरोना संक्रमणका कारण जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ आफ्नै आमाको दाहसंस्कारमा सहभागी हुनबाट बञ्चित भएका छन्।

विश्वमा कोरोना सङक्रमितको संख्या कति पुग्यो ?

विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २० लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ। उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २० लाख ९४ हजार ५३५ जना कोभिड १९ सङ्क्रमित भएका छन्।

मन्त्रीले नै उल्लंघन गरे सरकारको निर्णय

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले चाडपर्वलक्षित सातबुँदे अपिल जारी गरे पनि गण्डकी प्रदेशमा मन्त्रीसहितको टोलीले नै उल्लंघन गरेको छ।

सरकारको काम संक्रमित र मृतकको संख्या गन्नेमात्र

कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ। अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई पनि कोरोना संक्रमण

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। प्रमुख जिल्ला अधिकारीलाई नै कोरोना पुष्छि भएपछि ताप्लेजुङ प्रशासन कार्यालय ७ दिनलाई सिल गरिएको छ।

स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

सरकारले कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी नजिकिँदै गरेका प्रमुख चाडपर्वमा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड सार्वजनिक गरेको छ। घरपरिवारभित्र र समुदायस्तरमा मनाइने चाडपर्व, जात्रा तथा उत्सवलाई लक्षित गर्दै सरकारले अत्यावश्यक र अनिवार्य तथा आधारभूत मापदण्ड तयार पारेको हो।

रुपन्देहीमा कोरोना संक्रमणबाट थप ३ को मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट गएराती थप ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीनै जना बुटवलका हुन । लुम्बीनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. बिष्णु गौतमका अनुसार बुटवल ११ की ६१ वर्षीया महिलाको उपचारका क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आज बिहान २ बजे मृत्यु भएको हो।

कोरोना संक्रमणबाट बाँकेमा दुईको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० ट्राफिक चोक निवासी ८४ वर्षका पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छा निवासी ७१ वर्षीया महिलाको मृत्यु भएको हो।

एकै परिवारका आठ जनामा कोरोना संक्रमण

सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना संक्रमण भएको छ। शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो।

कोरोना संक्रमितलाई आइसियु अभाव

काठमाडौ उपत्यकामा दैनिक बढ्दो कोरोना संक्रमणको कारण गम्भीर संक्रमितका लागि आइसियु अभाव भएको कोभिड उपचारमा संलग्न अस्पतालहरुले जनाएका छन्।

घरझगडामै अल्झिए ठूला दल, कोरोना संक्रमण नियन्त्रणबाहिर

सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यति बेला घरझगडामै व्यस्त छन्।

लुम्बिनी प्रदेशका सभामुख र आन्तरिक मामिला मन्त्रीलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण भएको छ। बिहीबार एक्कासी स्वास्थ्यमा समस्या आएपछि सभामुख घर्तीको शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्