२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालगन्जमा २४ घण्टामा ३ सय ३७ जनालाई कोरोना संक्रमण

नेपालगन्जमा ३ सय ३७ जना नयाँ संक्रमित फेला परेका छन्। बितेको २४ घण्टाभित्र कुल ६ सय ७ वटा स्वाब परिक्षण गर्दा २ सय ३ जना पुरुष र १ सय ३४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। यसमध्ये बाँकेका मात्रै २ सय ५८ जना रहेका छन्। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा कोरोना परीक्षण गरिएको थियो।

भारतमा एकैदिन तीन लाख बढीमा कोरोना संक्रमण पुष्टि

कोरोना माहामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ। यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए।

कोरोना संक्रमणबाट गोरखामा दुई दिनमा दुई जनाको मृत्यु

कोरोनाका कारण गोरखामा सोमबार र मंगलबार दुई दिनमा दुईजनाको मृत्यु भएको छ। सोमबार भीमसेन थापा गाउँपालिका १ मसेलका एक पुरुषको मृत्यु भएको थियो। मंगलबार गोरखा नगरपालिका १४ का अर्का एक पुरुषको मृत्यु भएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

राष्ट्रपति रनिङ शिल्ड अन्योलमा

यो वर्षको विद्यालयस्तरीय खेलकुद राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्योलमा परेको छ । स्कुले बालबालिकामा पनि कोरोना संक्रमण देखिएपछि बजार क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णयसँगै प्रतियोगिता अन्योलमा परेको हो ।

कोरोना संक्रमण तीव्र : बाँकेमा बैशाख ९ गतेबाट लकडाउन

तीव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि बाँके जिल्लालाई लकडाउन गर्ने निर्णय गरिएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले आगामी बिहीबार(बैशाख ९ गते)बाट लकडाउन गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमण तीव्र, रोकिएन मृत्युदर

भेरी अस्पतालले एक सूचना जारी गर्दै संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालले थेग्न नसक्ने जनाएको छ। बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको अस्पतालले उल्लेख गरेको छ।

कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनालाई कोरोना संक्रमण

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। श्रेष्ठसहित उनको परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो।

भेरी अस्पतालमा कोरोना संक्रमणबाट स्टाफ नर्सको मृत्यु

कोरोना संक्रमणका कारण नेपालगन्जको भेरी अस्पतालमा स्टाफ नर्सको मृत्यु भएको छ। दाङको एक स्वास्थ्य संस्थामा कार्यरत तुलसीपुर नगरपालिका वडा नम्बर ६ निवासी २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको अस्पतालका एनेस्थेयोलोजिस्ट डा. पारश पाण्डेले जानकारी दिए।

भेरी अस्पतालमा ८१ को परीक्षण गर्दा ७५ जनालाई कोरोना

तीव्र रुपले फैलिएको कोरोना संक्रमणको दर नेपालगन्जमा झन् भयावह बन्दै गएको छ।

नेपालगन्जमा कोरोना संक्रमण तीव्रः थप एक महिलाको मृत्यु, वयस्क र बालबालिका बढी जोखिममा

तीव्र रुपले कोरोना संक्रमण फैलिएको नेपालगन्जमा थप एक जनाको मृत्यु भएको छ। भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी दाङ नारायणपुर–११ निवासी ३७ वर्षीया एक महिलाको मृत्यु भएको हो। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार राती साढे १ बजेतिर मृत्यु भएको हो।

कोभिड देखिएका विद्यालय एकसाता बन्द गर्न निर्देशन

काठमाडौं महानगरपालिका नगर कार्यापालिकाको कार्यालय, शिक्षा विभागले शुक्रबार विद्यालय सञ्चालन सम्बन्धमा निर्देशन जारी गर्दै महानगरभित्रका कुनै पनि विद्यालय, शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नआएसम्म कम्तीमा एक साताका लागि बन्द गर्नुपर्ने निर्देशन दिएको छ ।

जोखिम क्षेत्र बन्द गर्न अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको मृत्युदर बढ्दै गएको जनाउँदै संक्रमणको जोखिम भएका स्थल बन्द गर्न वा सीमित समयमात्र खोल्न अपिल गरेको छ।

कोरोना संक्रमण दोस्रो लहरः भेरियन्ट पत्ता लागे निगरानी सहज

कोरोना भाइरसका नयाँ भेरियन्टले दोस्रो लहर तीव्र पारे पनि नेपालमा यसबारे अध्ययन हुन सकेको छैन। बेलायतमा देखिएको ‘युके भेरियन्ट’ नेपालमा पनि पुष्टि भएको एक अध्ययनले देखाएको छ।

४६ नमुना परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण

कर्णालीमा ४६ परीक्षण गर्दा २९ जनामा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्