२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालगन्जमा कोरोना संक्रमण तीव्रः एक सय ८३ को नमुना परीक्षण गर्दा १ सय २७ जनालाई पोजेटिभ

नेपालगन्जमा पछिल्लो २४ घण्टामा १ सय २७ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्। भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर जाँचबाट यति धेरै संख्यामा संक्रमित फेला परेका हुन्।

नेपालगन्जमा कोरोना संक्रमण तीव्रः युवकको बोल्दा बोल्दै मृत्यु, शिक्षिकाको मृत्यु ‘शंकास्पद’

नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो क्रममा छ। दोस्रो चरणमा देखा परेको कडा खालको भाईरसका कारण संक्रमितको छोटो समयमै मृत्यु हुने गरेको पाइएको छ। संक्रमितको छोटो समयमै मृत्यु हुने क्रम बढेपछि नेपालगन्जवासी थप त्रसित भइरहेका छन्।

बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता

विराटनगरमा भेला, सभा खेलकुदका कार्यक्रम पनि निर्वाध रुपमा सञ्चालन भइरहेको छ। विराटनगरको शहिद रंगशालामा विराट गोल्डकप प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोयिगता हेर्न हज्जारौं दर्शक एकैपटक रंगशालामा दैनिक भेला हुने गरेका छन्। यतिमात्रै हैन विराटनगरमा राजनीतिक भेला, जुलुसदेखि विभिन्न खालका औपचारिक कार्यक्रमसमेत आयोजना भइरहेका छन्।

नेपालगन्जका विद्यालयमा फैलियो संक्रमण, १४ जना शिक्षक र विद्यार्थीलाई कोरोना पुष्टी

नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणको असर यहाँका विद्यालयहरुमा देखिएको छ। नेपालगन्जका करिव आधा दर्जन विद्यालयमा शिक्षक र विद्यार्थी गरी १४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। बिहीबार प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार २० जनामा देखिएको थियो।

नेपालगन्जमा कोरोना संक्रमण उच्चः नेपाल–भारत सीमा खुल्ला, विद्यालय निर्वाध सञ्चालन

नेपालगन्जमा कोरोना संक्रमण उच्च रुपले बढिरहँदा नेपाल–भारत सीमा क्षेत्रमा भने निर्वाध रुपले आवत–जावत चलिरहेको छ । भारतमा उच्च रुपले कोरोना भाईरस फैलिंदा पनि नेपाल सरकारले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकामा कुनै कडाई नगरेको सर्वसाधारणको गुनासो छ ।

नेपालगन्जमा कोरोना संक्रमण तीव्र

कोरोना भाइरसका नयाँ संक्रमित बढिरहँदा पनि नेपाल–भारत सीमाबाट निर्वाध आवतजावत चलिरहेको छ। भारतमा उच्च रुपले कोरोना फैलिँदा पनि स्थानीय प्रशासनले सीमा क्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्न रोक लगाएको छैन। नयाँ वर्ष र चैते दसैं मनाउन भारतबाट ठूलो संख्यामा नेपाली नागरिक आइरहेका छन्।

फेरि बढ्यो कोरोना जोखिमः नियम कडा, कार्यान्वयन फितलो

गत वर्ष कोरोना संक्रमण मुलुकमा प्रवेश गर्दा मानिसहरु ‘अब मरिने भइयो’ भन्दै घर बाहिर जान डराउँथे। थोरै संक्रमित हुँदा पनि मानिसमा डरको पारा धेरै माथि थियो।

हेलचक्र्याइँ गरे संक्रमण भयावह

जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाही जारी रहे छिटै दैनिक ११ हजारजनाका दरले कोरोना संक्रमण बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ। यस हिसाबले आगामी असारसम्ममा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण हुने आकलन गरिएको छ।

एकैदिन १३ संक्रमितको मृत्यु, ५५९ मा कोरोना संक्रमण

आज एकैदिन कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ५ सय ५९ जनामा कोरोना संक्रमण भएको छ।

भारतमा एकैदिन १ लाख ३१ हजारमा कोरोना संक्रमण

भारतमा शुक्रवार १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतका विभिन्न राज्य कोरोना संक्रमण रोक्न संघर्षरत छन्। संक्रमण दर बढ्दै गएपछि खोप अभाव भएको छ।

कोरोना संक्रमण फैलिएपछि महाराष्ट्रमा कडा प्रतिबन्ध, रातको समयमा कर्फ्यू

कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ। त्यहाँको सरकारले रातको समयमा कर्फ्यूका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो।

भारतीय अभिनेता गोविन्दालाई कोरोना संक्रमण

भारतीय अभिनेता गोविन्दा कोरोना भाइरसबाट संक्रमित भएका छन्। भारतीय सञ्चारमाध्यमले अभिनेता गोविन्दालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको खबर सार्वजनिक गरेका छन्।

आलिया भट्टलाई कोरोना संक्रमण

रणबीर कपूर कोरोनाबाट निको भएको एक हप्ता पछि उनकी प्रेमिका अर्थात बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छिन्।

लकडाउन हुँदैन सावधानी अपनाऔं: प्रशासन

कोरोना संक्रमण बढ्ने सम्भावना देखिएपछि उपत्यकाका तीनवटै प्रजिअबीच पूर्वतयारीको सम्बन्धमा बुधबार र बिहिबार छलफल भएको थियो। छलफलका क्रममा तत्काल लकडाउन नगर्ने निर्णय भएको छ। उपत्यकामा संक्रमण बढे थप कडाई र लकडाउन समेत गरिने प्रशासनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्