२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

थप १ हजार ९६ जनामा संक्रमण, ८ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ९६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ४३५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौँमा ३२६ जना, लालितपुरमा ६४ र भक्तपुरमा ४५ जना संक्रमित फेला परेका छन्।

पछिल्लो २४ घन्टामा २६२ जनाले कोरोनालाई जितेका छन्। यस्तै, ८ व्यक्तिले कोरोनाको कारण ज्यान गुमाएका छन्। अहिले आइसोलेसनमा ६ हजार २९० रहेका छन् भने क्वारेन्टिनमा ८५ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०७८ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App