१ सय ७६ जनालाई ठगी गरेको आरोपमा एक जना पक्राउ
बचत तथा ऋणको कारोबार गर्ने बहानामा १७६ जनालाई ठगी गरेको आरोपमा चन्द्रनगर गाउँपालिका–४, बबरगन्ज निवासी ३८ वर्षीय नागेन्द्रप्रसाद सिंहलाई इलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको छ।
बचत तथा ऋणको कारोबार गर्ने बहानामा १७६ जनालाई ठगी गरेको आरोपमा चन्द्रनगर गाउँपालिका–४, बबरगन्ज निवासी ३८ वर्षीय नागेन्द्रप्रसाद सिंहलाई इलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको छ।
सहकारी संस्थाहरुले अब अन्तरसहकारी कारोबार गर्न पाउने भएका छन्।
जब लोकतान्त्रिक मुलुकमा प्रहरीले पत्रकारलाई कुनै समाचार लेखेकै निहुँमा पक्राउ गर्छ तब त्यो मुलुकको आधारभूत स्वतन्त्रतामै प्रहार हुन्छ। लोकतन्त्र त्यतिबेला मात्र जीवन्त हुन्छ जतिबेला तिनले खुलेर सरकारको आलोचना गर्न पाउँछन्। आलोचनाले सरकारलाई नै सहयोग पुग्छ। कतै कुनै गडबडी हुन लागेको अवस्थामा प्रेसले नै सजग गराउने हो। त्यसैकारण लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकले स्वतन्त्र प्रेसलाई प्रोत्साहित गर्छन्।
धितोपत्र बोर्डले ‘दोस्रो बजार’मा सेयर कारोबार गर्ने सबैलाई प्यानको दायरामा ल्याउन खोजेको थियो। लगानीकर्ताको व्यापक दबाबपछि अहिले पाँच लाखभन्दा बढीको कारोबारीले मात्र प्यान लिनुपर्ने व्यवस्था गरिएको नेपाल स्टक एक्सचेन्जका कायममुकाय सहायक प्रबन्धक सुरेन्द्र जोशीले बताए।
कर्णालीका दुर्गम जिल्लामा पछिल्लो समय बैंकिङ कारोबार धमाधम संचालन हुन थालेको छ। स्थानीय सरकार संचालन भए पश्चात हाल गाउँका सिंहदराबारमा बैंकिङ कारोबार संचालन हुन थालेको हो। भौगोलिक विकटतासँगै सुरक्षाको दृष्टिकोणले चुनौति देखिएका दुर्गम जिल्लामा एकाएक बैंकिङ सेवा सुरुवात भएको छ।
राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा तेस्रो दिन शनिबारसम्म सवा १० करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । शनिबारसम्म मेला एक लाख ८७ हजारजनाले अवलोकन गरेका छन्।
आजदेखि पूर्वाधार विकास बैंकले कारोबार सुरु गर्ने भएको छ। नेपालकै ठूलो बैंकको रुपमा स्थापना भएको पूर्वाधार विकास बैंकको उद्घाटन आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्रदैछन्। ठूला क्षेत्रमा लगानी जुटाउन सरकारले पूर्वाधार विकास बैंक खोल्ने निर्णय गरेको थियो।
विगतमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबार गरेर सात अर्ब रुपैयाँभन्दा बढी राजस्व छल्ने व्यापारिक घरानाहरुलाई हीकोकारबा दायरामा ल्याए पनि भ्याटको नक्कली कारोबारले निरन्तरता पाएको देखिएको छ ।
कर छलीको आरोप लागेका परमेश्वर साह र जयकिशोर साहविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ। विभागले उनीसहित २४ व्यावसायिक फर्मविरुद्ध मुद्दा दायर गरेको हो।
डिम्याटलाइजेशन शब्दको छोटोरुप हो डिम्याट। बैँकमा पैसा जम्मा गर्न वा निकाल्न खोलिने खाता जस्तै सेयरको कारोबार गर्न खोलिने खाता हो, डिम्याट। आफ्नो सेयर जम्मा गर्न खोलिने खातालाई डिम्याट खाता भनिन्छ। डिम्याट खाता खोलिसकेपछि प्राइमरी तथा सेकेण्डरी बजारमा खरिद गरेका सेयर डिम्याट खातामा जम्मा हुन्छ।
रसुवागढी नाकामा व्यापारिक कारोबार सुरु भएको छ। ल्होसारको कारण २२ दिनदेखि कारोबार रोकिएको थियो। चीनको केरुङमा सामग्री लिन पुगेका ८० वटा कन्टेनरमा सिल लगाइएको छ। स्याउ लिन गएका गाडीमा सिल लगाउन सुरु गरिएको केरुङमा रहेका व्यापारी पुरुषोत्तम पौडेलले बताए।
सामान्यतया ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ भन्नाले यस क्षेत्रको विकासका निम्ति गरिन लागेको कानुनी पहल भन्ने बुझिन्छ। तर सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा प्रवेश गराएको यो विधेयकमाथि उठेका प्रश्न अझै थान्को लागिसकेका छैनन्।
सूचना प्रविधि प्रयोगको बलियो माध्यम हो मोबाइल फोन सेवा। जसबाट पलपलको सूचना प्राप्त गर्न सकिन्छ। अहिले नेपालका हरेक व्यक्तिको हातमा लगभग मोबाइल फोन पुगिसकेको अवस्था छ। पछिल्लो समय यसको प्रयोगकर्ता झन् बढ्दै गएको देखिछ। प्रयोगसँगै यसकाब्रान्ड र स्वरूप पनि थपिएका छन्। नेपालमा मोबाइल फोनको बजार अवस्था कस्तो छ त < कुल जनसंख्याको कति प्रतिशतले मोबाइल बोक्छन्< यसै विषयमा आजको रिपोर्ट केन्द्रित छ।
भारतबाट भित्र्याइएको नौ सय १७ एम्पुल लागूऔषध सुईसहित बुधबार उदयपुर त्रियुगा नगरपालिका–६ जलजलेका गणेश गुप्ता र ओमप्रकाश राईलाई उदयपुर प्रहरीले नियन्त्रणमा लियो। सोही दिन भारतबाटै भित्र्याइएको पाँच सय ९८ एम्पुल लागूऔषध सुईसहित सिरहा नगरपालिका–१७ पटेर्वाबाट धनुषा जनकनन्दनी गाउँपालिका–२ का बब्लुकुमार यादवलाई सिरहा प्रहरीले पक्राउ गर्यो।
रोजगारीको क्रममा रहेका युवाले विभिन्न गन्तव्य मुलुकबाट रेमिट्यान्स पठाउँदा अत्यधिक शुल्क तिर्नुपरेको एक अध्ययनले देखाएको छ।