३० वैशाख २०८१ आइतबार
image/svg+xml

बाँके कांग्रेसमा संस्थापन इतर प्यानलको उम्मेदवार घोषणा

उक्त प्यानलले यी उम्मेदवारको नाम केही दिनअघि नै टुंगो लगाइसकेको थियो। सभापति पदका उम्मेदवार गौडेलले एक महिनादेखि नै प्रचार–प्रचार गर्दै आएका थिए।

अन्तिम चरणमा पुगेको नागरिकता विधेयकमाथि अन्तरघात गरेर अध्यादेश

‘नागरिकता भनेको उहिले रानीको जन्मोत्सवमा केटाकेटीलाई वितरण गर्ने चकलेट होइन, अनि बोर्डरमा आउने जतिलाई चकलेट वितरण गरे जस्तो पनि होइन,’ भन्दै सार्वजनिक रूपमा भन्नु र अहिले सत्ता टिकाउन नागरिकता अध्यादेश ल्याउनुलाई विज्ञहरूले प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवादको सज्ञा दिएका छन्।

अन्तरघात ‘कांग्रेसको भ्रम’

जितको ह्याट्रिक पूरा गरेको दाङ कांग्रेस पछिल्लो समय तटस्थ मतदाता आकर्षित गर्न नसक्दा नेकपालाई विरासत जिम्मा लगाउन बाध्य भयो।

अन्तरघात गरेको भन्दै सभापति केसीलाई कारवाहीको माग

बेलकोटगढी नगरपालिकाका नेपाली काँग्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन्।

अन्तरघात गर्नेलाई काँग्रेसको स्पष्टीकरण

नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै विभिन्न नेता, कार्यकर्तामाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

अन्तरघाती पत्ता लगाउन एमालेको छानबिन समिति

नेकपा एमाले खोटाङले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेद्वारलाई हराउनका लागि घात/अन्तरघात गर्ने नेता तथा कार्यकर्ताका विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

दुई नम्बर प्रदेशमा अन्तरघात कम गर्ने कांग्रेस रणनीति

नेपाली कांग्रेसले स्थानीय तहको तेस्रो चरणको चुनावका लागि साउन मसान्तभित्र उम्मेदवारको टुंगो लगाई अन्तरघात हुन नदिने रणनीति बनाएको छ । पहिलो र दोस्रो चरणको चुनावमा अपेक्षाकृत् नतिजा नआउनुमा अन्तरघात प्रमुख कारक रहेको निष्कर्ष निकाल्दै कांग्रेसले यस्तो रणनीति बनाएको हो । आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको चुनावका लागि उम्मेदवारको टुंगो छिट्टै लगाएर सम्भावित असन्तुष्टि व्यस्थापन गर्ने तयारीमा कांग्रेस जुटेको हो ।

काँग्रेसका अन्तरघातीमाथि कारबाही गर्न सिफारिस

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघातका कारण चुनाव हार्नु परेको भन्दै नेपाली कांग्रेसले आधादर्जन अगुवा कार्यकर्तामाथि कारबाहीको सिफारिस गरेको छ । पार्टीको त्रियुगा नगरपालिका १३ वडा समितिले अन्तरघातका कारण आधिकारिक उम्मेद्वारले हारेको निश्कर्ष निकाल्दै ५ जना अगुवा कार्यकर्तामाथि कारबाही गर्न माथिल्लो निकायमा सिफारिस गरेको जनाएको छ ।

अन्तरघातीलाई कारवाही गर्दै एमाले

स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै एमाले भोजपुरले कारवाही थालेको छ ।  निर्वाचनको क्रमममा अन्तरघात र पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठ्ने नेता कार्यकर्ताहरुलाई एमालेले कारवाही गरेको हो ।  निर्वाचन समिक्षा गर्ने बसेको एमाले जिल्ला कमिटी बैठकले अन्तरघात र बागी उठनेहरुलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निस्कासन गरी कारवाही गरेको नेकपा एमाले भोजपुरले जनाएको छ । कारवाही पर्नेहरुमा संगठित सदस्यदेखि प्रदेश कमिटीका सदस्य समेत रहेका छन् ।

‘अन्तरघात र व्यस्थापकीय कमजोरीले पराजित’

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू स्थानीय तहको निर्वाचनमा पार्टी किन पराजित बन्यो भन्नेमा विभाजित देखिएका छन्।

दलहरुलाई ‘अन्तरघात’को डर

संविधान सभा निर्वाचन २०७०मा डोटी क्षेत्र नम्बर–२ लाई कांग्रेसले आफ्नो पकड क्षेत्र मानेको थियो । निर्वाचन क्षेत्र नम्बर–१ को तुलनामा दुईमा आरामैसंग निर्वाचन जितिने कांग्रेसको अनुमान थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्