१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बाँके कांग्रेसमा संस्थापन इतर प्यानलको उम्मेदवार घोषणा

नेपाली कांग्रेस बाँकेको यही पुस २७ गते हुन लागेको जिल्ला निर्वाचनको सरगर्मी बढिरहेको छ। निर्वाचनका लागि विभिन्न प्यानलले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। यसैक्रममा कांग्रेसको संस्थापन इतर(शेखर कोइराला) पक्षले सोमबार एक कार्यक्रमका बीच सभापति सहित पदाधिकारीका उम्मेदवार घोषणा गरेको हो।

नेपाली कांग्रेस बाँकेको सभा हलमा आयोजित कार्यक्रममा उक्त पक्षले सभापतिमा नारायणप्रसाद गौडेल, उपसभापतिमा गोपाल अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले आशिष तथा सहसचिवमा विश्वराज लम्साल र रेणु सिंहको नाम औपचारिक रुपमा सार्वजनिक गरेको हो।

गौडेल प्यानलका प्रचार प्रसार समिति संयोजक समेत रहेका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुषालले उम्मेदवारको नाम सार्वजनिक गरेका थिए। उक्त प्यानलले जिल्ला कार्यसमिति सदस्य उम्मेदवारको नाम भने २५ गते चियापान कार्यक्रम गरेर सार्वजनिक गर्ने जानकारी दिएको छ। उक्त प्यानलले यी उम्मेदवारको नाम केही दिनअघि नै टुंगो लगाइसकेको थियो। सभापति पदका उम्मेदवार गौडेलले एक महिनादेखि नै प्रचार–प्रचार गर्दै आएका थिए।

संस्थापन (शेरबहादुर देउवा) पक्षले भने अहिलेसम्म आफ्नो आधिकारिक उम्मेदवार बनाउन सकेको छैन। उक्त पक्षबाट सुरेन्द्र हमाल, निरन्जनसिंह सिजापति, बादशाह कुर्मी, राजकुमार बर्मा, सुनिलनरसिंह राणा र लक्ष्मी नारायण शाहले आकांक्षा देखाएका छन्। तीमध्ये हमाल, सिजापति र कुर्मी मुख्य आकांक्षी हुन्।

संस्थापन इतर पक्षको उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पदका उम्मेदवार गौडेलले आफ्नो प्यानल निर्वाचित भएपछि जिल्लाभरी छरिएर रहेका तमाम द्धन्द्ध पीडितलाई कांग्रेसमा जोड्ने बताए। आफ्नो प्यानल निर्वाचित भएपछि पार्टीसँग किसान, तरुण, बिद्यार्थी, ब्यापारी, मजदुर, सबैको प्रतिनिधित्व हुने दाबी गरे।

कांग्रेसभित्र घात, अन्तरघात गर्ने कसैलाई पनि आफुले बाँकी नराख्ने र पहिलो निर्णयबाटै अनुशासन समिति बनाउने प्रतिवद्धता जनाए।  

घोषणा कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य प्रमुख र कांग्रेस बाँकेका सभापति किरण कोइराला विशिष्ट अतिथी थिइन्।  

कार्यक्रममा कांग्रेस बाँकेका सचिव तप्त पौडेल, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर लगायत उपस्थित भएका थिए।  

प्रकाशित: १९ पुस २०७८ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App