२७ पुस २०८१ शनिबार
image/svg+xml

सकियो समानुपातिकको मतगणना

प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिएको छ । मत गणना सकिएसँगै समानुपातक तर्फ पनि एमाले नै पहिलो पार्टी बन्न सफल भएको छ । निर्वाचन आयोगको अनुसार एमालेले ३१ लाख ७३ हजार ४९४ मत  प्राप्त गरेको छ।

बाँके र बर्दियामा पाटेबाघ गणना सुरु

बाँके र बर्दियामा रहेका पाटेबाघको गणना शनिबार सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको ठाकुरद्वारामा बनदेवीको पूजा गरेर बाघ गणना सुरु गरिएको छ । बाँके र बर्दिया निकुञ्ज कार्यालयले जारी गरेको संयुक्त विज्ञप्तिमा बाघ गणना सुरु भएको उल्लेख छ ।

६ हजार मतगणना बाँकी हुँदा सुनसरी ३ मा गच्छदारको अग्रता

सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन्।

गच्छदारको क्षेत्रमा मतगणना पुन: सुरु

नेपाली काँग्रेसका नेता विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीब्र प्रतिस्पर्धा भइरहेको सुनसरी-३ को मतगणना आज अपरान्हदेखि सुरु भएको छ ।  एमालेका प्रतिनिधिहरु मतगणनामा बस्ने वा नबस्ने भन्नेमा दोधारमा छन् ।

हराउन खोजेको भन्दै काँग्रेसद्वारा मतगणना बहिस्कार

प्रतिनिधि सभा तर्फको मतगणना बहिस्कार गर्दै गणनास्थलबाट नेपाली कांग्रेस बाहिरिएको छ । संखुवासभामा जारी मत गणनामा भएको विवादका कारण प्रतिनिधिसभा तर्फको कांग्रेसका प्रतिनिधि, उम्मेदवार र नेताहरू मतगणना स्थलबाट बाहिरिएका हुन् । मुख्य निर्वाचन अधिकृतले दलीय निर्णय विपरित बदर मत भएको निर्णय गरेको र निर्वाचनका कर्मचारीहरूले पक्षपाती व्यवहार गरेको भन्दै कांग्रेस बाहिरिएको हो।

अमरेश सिंहको क्षेत्रमा मतगणना स्थगित, वार्ता भइरहँदा काँग्रेस-राजपाबीच झडप

मलंगवामा राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली काँग्रेसका कार्यकताबीच झडप भएको छ। नेपाली काँग्रेसका अमरेश सिंह उम्मेदवार रहेको सर्लाही–४ को मतगणना स्थगितको विषयलाई लिएर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो।

संखुवासभामा पुनः मतगणना सुरु

दुई दुई पटक स्थगित भएको संखुवासभाको मत गणना पुनः सुरु भएको छ। सोमबार बिहान ५ बजेबाट स्थगित गरिएिको प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ अन्तर्गतको मतगणना स्थगित भएको थियो। नेपाली कांग्रेसका प्रतिनिधि नभएको बेला मत पेटिका खोलिएको आरोपका कारण प्रदेश ‘क’ को विवाद चुलिएको हो भने प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका प्रतिनिधि मतपेटिका राखिएको स्थानको ताला चावी लिएर मतगणना स्थलबाट बाहिरिए पछि मतगणना स्थगित भएको थियो । मत गणना सुचारु गर्ने दलहरुको  सहमति भएपछि ६ घण्टा पछि सुरु भएको हो ।

गच्छदार उम्मेदवार रहेको क्षेत्रमा मत गणना स्थगित

नेपाली काँग्रेसका नेता विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीब्र प्रतिस्पर्धा भइरहेको सुनसरी-३ को मतगणना स्थगित भएको छ। छैटौं पटक उम्मेदवार बनेका गच्छदारलाई बाम गठबन्धनको तर्फबाट उम्म्मेदवार बनेकी चौधरीले सुरुदेखि नै पछि पारिरहेकी छिन्।

चितवन क्षेत्र नं. ३ को आधा मत गणना

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नं. ३ मा कुल खसेको मतमध्ये आइतबार साँझसम्म आधाभन्दा केही बढी मत गणना भएको छ । सो क्षेत्रको ४८ हजार २८९ मत गणना हुँदा दाहालले २४ हजार ९४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको १९ हजार ५४ मत आएको छ ।

मतगणनाका कारण सदरमुकामका होटलमा भ्याई नभ्याई

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत जिल्ला स्थित सबै क्षेत्रको मतगणना सदरमुकाम मलंगवामा भईरहेकाले तीन दिनयता यहाँका होटल सञ्चालकलाई भ्याई नभ्याई छ।

दाङमा सकियो मतगणना : वामगठबन्धन हाबी

प्रतिनिधि सभा र प्रदेश सभा गरी कूल ९ क्षेत्र रहेको दाङको नतिजा सार्वजनिक भएको छ । ९ क्षेत्र मध्ये ८ वटामा वामगठवन्धन विजयी भयो भने एक प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ।

डा.भट्टराई ५ हजार मतले अगाडि, १० हजार गणना गर्न बाँकी

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँगको मतान्तर बढाउँदै लगेका छन्। ५० हजार ४६ मत गणना गर्दा भट्टराईको २५ हजार आठ सय ७३ मत प्राप्त गरेका छन् भने श्रेष्ठले २१ हजार दुई सय ७७ मत प्राप्त गरेका छन्।

महोत्तरी ३ को मतगणना स्थगित

महोत्तरी क्षेत्र नंम्बर ३ मा प्रतिनिधि सभा तर्फको मतगणना स्थगित भएको छ। जलेश्वर नगरपालिका ५ को मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित भएको हो।

मुचुल्काभन्दा बढी मत भेटिएपछि गोरखा दुईको मतगणना रोकियो

सबैको चासोको विषय बनेको गोरखा क्षेत्र नम्बर दुईको मतगणना रोकिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठ प्रतिष्पर्धामा रहेको उक्त क्षेत्रको मतगणना रोकिएको हो।

इलाममा एकैपटक ८ समूहमा मतगणना

६६.४४ प्रतिशत मत खसेको इलाममा शुक्रबार अपराह्न मतगणना सुरु गरिएको छ। मतपेटिका बिहानसम्ममा सबैतिरबाट सदरमुकाम भेला भइसकेपनि सर्वदलीय बैठक र अन्य तयारीका कारण अपराह्न ३ बजे मात्रै गणना सुरु भएको को हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्