८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना नियन्त्रणमा दुई करोड बजेट

पाटन नगरपालिकाले कोरोना भाइरस रोकथाममा दुई करोड रुपैयाँ छुट्टाएको छ । आगामी आर्थिक वर्षको लागि उक्त रकम छुट्टाएको हो । स्थानीय तह प्रकोप व्यवस्थापन कोषमार्फत् कोरोना भाइरस नियन्त्रण रोकथाम र व्यवस्थापनमा सो रकम खर्च गरिने नगपालिकाले जनाएको छ ।

भारतले पनि बनायो कोरोनाविरुद्ध खोप, मानिसमा परीक्षण गर्ने तयारी

यसअघि यो खोप जनावरलाई लगाएर परीक्षणले गरिएको र परिणाम प्रभावकारी आएको कम्पनीले दाबी गरेको छ ।

थप ३१६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार ५ सय ६४

नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । मंगलबार थप एक सय ८१ जना डिस्चार्ज भएका छन् ।

तीन युवा किन बसे आमरण अनसन ?

कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै 'इनफ इज इनफ' अभियान सुरु भयो। अभियानको अगुवाईमा विभिन्न प्रदर्शन पनि भए। त्यसकै अभियान्ताहरु अहिले आमरण अनसनमा बसेका छन्।

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ८ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

कोरोना कोषबाट साढे ५५ करोड निकासा

मुलुकमा कोरोना महामारी सूरु भएपछि स्थापना गरिएको कोरोना नियन्त्रण र उपचार कोषबाट सरकारले ५५ करोड ६३ लाख भुक्तानी दिएको छ। हालसम्म कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा करिब २ अर्ब ३५ करोड रुपैयाँ संकलन भएकोमा पहिलो पटक उक्त रकम भुक्तानी दिइएको हो।

टिचिङमा ४५ दिनको शिशुमा कोरोना संक्रमण

टिचिङ अस्पतालमा उपचाररत ४५ दिनको शिशुमा कोरोना पुष्टि भएको छ। शल्यक्रियाको लागि भर्ना भएका उनको स्वाव परीक्षणको गरिएको थियो। नमूनाको रिपोर्ट मंगलवार पोजिटिभ आएको हो।

होल्डिङ सेन्टरबाट प्रदेशमा जाने सवारीमा सामाजिक दुरी खोई ?

विदेशबाट उद्धार गरेर ल्याएका नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ छन्। विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको बनाइएको छ।

कोरोनाजस्तै महामारी फैलाउन सक्ने अर्काे नयाँ भाइरस भेटियो

अनुसन्धानकर्ताका अनुसार यो नयाँ खालको भाइरस कोरोनामकाे उद्गम मानिने चीनमै देखापरेको हो । याे भाइरस सुँगुरमा देखिएको अनुसन्धानकर्ताले जानकारी दिएका छन् ।

कोरोना समुदायमा फैलिन सक्ने चेतावनी

आइतबार बिहान स्टार अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहट स्थायी घर भएका ती पुरुषमा सोमबार कोरोना पुष्टि भएको हो। उनको स्वाब परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो।

कोरोना कहर : लाखौँ सिरियालीहरू भोकमरीको सङ्घारमा

कोरोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

बहाना बन्यो कोरोना : सडकमा पोखरी

दाङको भालुवाङ हुँदै प्युठान, रोल्पा जोड्ने मुख्य सडक समयमा मर्मत नहुदा समस्या सुरु भएको छ । हरेक वर्ष असार लागेपछि मर्मतमा जुट्ने सडक डिभिजन कार्यालयलाई यो वर्ष कोरोना कहर बहाना भएको हो ।

उपत्यकामा कोरोना समुदायमा फैलिने संकेत

आइतवार विहान स्टार अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट स्थायी घर भएका पुरुषमा सोमवार कोरोना पुष्टि भएको हो । उनको स्वाबको नमूना परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिषठनमा लगिएको थियो । उनीसंगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

खोटाङमा एक जना कोरोना संक्रमित थपिए

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक जना संक्रमित थपिएका छन् । आइतबार मात्र दुई पुरुष र एक महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको नगरपालिकामा सोमबार एक २५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको हो ।

खोटाङका तीन कोरोना संक्रमित उपचारमा पठाइए

खोटाङका तीन कोरोना संक्रमितलाई उपचारमा पठाइएको छ । कोरोना संक्रमण पुष्टी भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका २५ वर्षीया महिलालाई उपचारमा पठाइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्