७ वैशाख २०८१ शुक्रबार
राजनीति

तीन युवा किन बसे आमरण अनसन ?

कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै 'इनफ इज इनफ' अभियान सुरु भयो। अभियानको अगुवाईमा विभिन्न प्रदर्शन पनि भए। त्यसकै अभियान्ताहरु अहिले आमरण अनसनमा बसेका छन्।  

ललितपुरको कृष्ण मन्दिर परिसरमा तीन जना अभियान्ता शुक्रबारदेखि आमरण अनसनमा छन्। अनशनमा बसेका 'ई' सहित तीन मध्ये  सुनद गुरुङ विरामी परेपछि अहिले अस्पतालमा छन्। उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। उनीहरुको अनशनलाई प्रहरीले समेत अवरोध गर्ने गरेको छ। ईलाई महानगरीय प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा समेत लिएको थियो।

अनसनका अगुवा 'ई' ले आफ्ना मागहरु पुरा गर्न सरकारलाई १४ दिनको समय समेत दिएका छन्। गुरुङलाई अस्पताल लगिए पनि ई र सुबानी सिजापति अनसनमै छन्।  

कोरोना महामारीको समय सरकारले राम्रोसँग काम गर्न नसकेकोले सर्वसाधारणको जीवन जोखिममा परहेको अनसनरत युवाहरुको भनाई छ। सर्वसाधारणको जीवन बचाउनका लागि आफूहरु अनसनमा बसेको उनीहरुले बताएका छन्।  

१०० प्रतिशत पीसीआर परीक्षण गरिनुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने, विदेशमा अभरमा परेका नेपालीको तत्काल उद्धर गर्नुपर्ने जस्ता माग उनीहरुका छन्। आरडीटी विधिबाट गरिने परीक्षण भरपर्दो नभएकोले यसलाई तत्काल रोक्न उनीहरुले भनेका छन्। कोरोना रोकथामका लागि भएका काम र त्यसको खर्च विवरणमा पारदर्शिता हुनुपर्ने उनीहरुको माग छ।

स्वास्थ्यकर्मीको सुरक्षा, मजदुर र विपन्नहरुलाई तत्काल राहत उपलव्ध गराउन उनीहरुले भनेका छन्। उनीहरुले सर्वोच्च अदालतका निर्णय कार्यान्वयन गर्न समेत भनेका छन्। राष्ट्रिय तथा प्रादेशिक सांसद, स्थानीय जनप्रतिनिधि तथा अन्य प्रभावशाली सार्वजनिक पद धारण गरेका सबैलाई आफ्नो प्रभाव र पहुँचमा रहेका निर्वाचन क्षेत्र विकास कोषजस्ता स्रोतलाई जनस्वास्थ्यसम्बन्धी मागलाई स्थानीयस्तरमै पूरा गर्न प्रयोग गर्न उनीहरुले भनेका छन्। पीसीआर परीक्षणको वृद्धि र क्वारेन्टिन व्यवस्थापनलाई प्राथमिकतामा राख्न उनीहरुले भनेका छन्।

 

 

 

 

प्रकाशित: १६ असार २०७७ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App