१५ आश्विन २०७७ बिहीबार

डा. केसीलाई काठमाडौं ल्याइयो, विमानस्थलबाट सिधै ट्रमा सेन्टरमा

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ। जुम्लाको एक मन्दिरमा अनशन बसेका केसीलाई हिजो नेपालगञ्ज लाइएको थियो। केसीलाई आज काठमाडौं ल्याइएको छ।

सरकारसँग १२ बुँदे सहमति, ईः र पुकारले तोडे अनसन

‘इनअफ इज इनअफ’ अभियानका अभियन्ताद्वय ईः र पुकार बमले अनसन तोडेका छन्। अनसनरत पक्ष र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको वार्तामा १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनसन गरेका हुन्।

ई. लाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफका अभियन्ता ई.लाई अस्पताल पुगेर भेटेका छन्। आमरण अनसनमा बसेका ई. को स्वास्थ्य विग्रिएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो।

पोखरामा सरकारविरुद्ध युवाको रिले अनसन

सरकारले कोरोन संक्रमण रोकथामका लागि प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै राजधानीमा युवाहरुको अनसन चलिरहँदा त्यसकै समर्थनमा पोखरामा पनि युवाहरुले रिले अनसन थालेका छन्। सातजना युवायुवतीले पोखराको मुस्ताङचोकमा विहीबार बिहानदेखि रिले अनसन थालेका हुन्। युवाहरुले पहिलो दिन सातघण्टे रिले अनसन थालेका छन्।

तीन युवा किन बसे आमरण अनसन ?

कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै 'इनफ इज इनफ' अभियान सुरु भयो। अभियानको अगुवाईमा विभिन्न प्रदर्शन पनि भए। त्यसकै अभियान्ताहरु अहिले आमरण अनसनमा बसेका छन्।

मंगलबारे अस्पताल नामाकरण विवाद चुलिँदै

मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मंगलबारे अस्पतालको नामाकरणको विवाद चर्कंदै गएको छ । मंगलबारे अस्पतालको नाम परिवर्तन गरी ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध स्थानीय आन्दोलित भएपछि नामाकरण विवाद चुलिएको हो ।

शुल्कवृद्धिविरुद्ध रिले अनसन

जिल्लाको सबैभन्दा पुरानो सामुदायिक क्याम्पस मकवानपुर बुहुमुखीका विद्यार्थी शुल्कवृद्धिको विरोधमा १६ दिनदेखि रिले अनसनमा बसेका छन्।

विकासको लागि अनसन बस्न तयार छु : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास निर्माणको कार्यलाई अगाडि बढाएर देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताए।

यस्तो छ भारतीय प्रधानमन्त्री मोदीलाई डा. केसीले पठाएको पत्र

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बस्दै आएका डा. गोविन्द केसीले अनशन स्थगितसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेखेका छन्।

सुन्तलाको जुस पिएर डा. केसीले गरे अनसन स्थगित

डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्। नौ दिनदेखि अनसनमा बसेका डा. केसीले मंगलबार अपरान्ह साढे ४ बजेदेखि अनसन स्थगित गरेका हुन्।

केसीलाई लैजान डडेल्धुरामा हेलिकप्टरः आन्दोलन चर्कियो

आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग सरकारले कुनै कुराकानी नै नगरी डडेल्धुराबाट लैजाने प्रयास गरेको छ। उनलाई यहाँबाट लैजान हेलिकप्टर आएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डा केसीलाई शुक्रबारदेखि डडेल्धुरा अस्पतालमा राखिएको छ।

डाक्टर केसीको समर्थनमा दिनहुँ प्रदर्शन

डाक्टर केसीले सत्याग्रह थालेको दिनदेखि डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले जिल्लामा दैनिक रूपमा भइरहेका सबै गतिविधिबारे ‘माथि’ जानकारी गराएकाे बताए। तर पनि यस विषयमा सरकारका तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन।

छठपछि आन्दोलन चर्काउने चेतावनी

पछिल्लो ४० दिनदेखि निरन्तर जारी कोसीपीडितहरूको रिले अनसन बिहीबारबाट स्थगित गरिएको छ। दसैंलगायत चाडपर्वलाई लक्षित गर्दै अनसन स्थगित गरिएको कोसी डुबान कटान पीडित संघर्ष समितिले जनाएको छ।

न्यायका लागि अब अन्तिम लडाइँ: गंगामाया

गंगामाया राज्यको पैसा–सुविधा लिएर साइड लाग्छे भनेर नसोचे हुन्छ। आठ वर्ष भयो अन्न नखाएर, पानी पिठो खाएर न्याय माग्दै बसेको। पैसामा न्यायको लेनदेन हुन सक्दैन।

फेरि अनसन बस्दै गंगामाया

'न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा मलाई प्रतिबन्ध लगाउने काम भएको छ। बरु हतकडी लगाएर जेलमा लगेर राख तर यसरी बन्दी बनाएर नराख।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्