७ आश्विन २०८१ सोमबार
image/svg+xml

पछिल्लो २४ घण्टामा ८२ जनामा संक्रमण, १४७ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा संक्रमण पाइएको हो। जम्मा संक्रमितको संख्या १६ हजार ८०१ जना रहेको छ।

कास्केली खेल व्यवसायी भन्छन् : ‘खेल व्यवसाय सञ्चालन गर्न देऊ सरकार’

कास्केली खेल व्यवसायीहरुले खेलकुद ब्यवसाय खुल्ला गर्न माग गरेका छन् । व्यायाम व्यवसायी संघ कास्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले सामाजिक दुरी कायम गर्दै खेल व्यवसाय गर्न दिन माग गरेका हुन् ।

अन्ततः ट्रम्पले पनि लगाए मास्क

सिएनएनका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प शनिबार रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा घाइते सैनिकलाई भेट्न जाँदा मुखमा मास्कसहित देखिएका हुन् । जहाँ उनले कालो मास्क लगाएका छन् ।

कस्तो छ कोरोना संक्रमित अमिताभ र अभिषेकको अवस्था?

महानायकका रूपमा परिचित ७७ वर्षीय अमिताभ बच्चनले शनिबार राति ट्विट गरेर आफूलाई कारोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । त्यसको केही मिनेटपछि उनका छोरा अभिनेता अभिषेक बच्चनले पनि ट्विट गर्दै आफू पनि कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।

विदेशमा कोरोना संक्रमित नेपाली मध्ये ९२ प्रतिशत संक्रमण मुक्त

विदेशमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमणदर घटेको छ। गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुदै गएको छ। संघका अनुसार जम्मा कोराना संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन्।

पछिल्लो १० दिनमा ३७८६ जना कोरोना संक्रमित डिस्चार्ज

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो १० दिनमा तीन हजार सात सय ८६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सोही अवधिमा दुई हजार ६ सय ७३ जना संक्रमित थपिएका छन् भने आठजनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

थुनुवामा कोरोना संक्रमण, हिरासत कक्ष सील

बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्ष सील गरिएको छ। हाडनाता करणीमा १४ गते पक्राउ परेका वीरेन्द्रनगरका ३६ वर्षीय पुरुषमा २६ गते कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाले जुम्ला पुर्‍याएपछि...

जेठ २५ गते ४८७ जनाको पिसिआर नमुना संकलन गरिएको क्षण निकै गौरव महसुस गरेको थिएँ। तर बुझ्दै जाँदा त्यो नतीजाले म स्वयंलाई राज्यबाट घेराबन्दी गरेको महशुश गरेँ। राज्यका अधिकारीहरू निर्देशिकाका शब्दशब्द केलाएर गर्नु नहुने काम ग-यो भन्न थाले।

बलिउड अभिनेता अमिताभ र अभिषेकलाई कोरोना पुष्टि

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना पोजेटिभ देखिएको छ। कोरोना संक्रमण देखिएपछि उनलाई हिजो राति अबेर मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। अभिषेकलाई पनि सोहि अस्पतालमा राखिएको छ।

रुसमा कोभिडबाट सात लाख भन्दा बढी संक्रमित

रुसमा कोरोना भाइरसका सात लाख भन्दा बढी संक्रमित भेटिएका छन् । रुसको राजधानी मस्कोबाट प्राप्त समाचारमा सो कुराको जानकारी दिइएको छ ।

प्रदेश १ मा १३ संक्रमित थपिए

प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार शनिबार प्रदेश १ मा शनिबार १३ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरूमा सुनसरीका ४, उदयपुरका ४ , मोरङका ३ र झापाका २ जना छन् ।

कोरोना भाइरस यसरी फैलिन्छ हावामा

यसको अर्थ के हो भने अब जब एक व्यक्ति अर्काेसँग गफ गर्छन्, तब तीमध्ये कोही संक्रमित छन् भने उसले छाड्ने सासबाट हावामा कोरोना भाइरस फैलिन सक्छ र त्यसको सानोभन्दा सानो अंशले पनि अर्काे स्वस्थ व्यक्तिलाई संक्रमण हुन सक्छ ।

वर्षौंदेखि नबनेको बाटो लकडाउनमा बन्यो

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) केहिलाई अवसर पनि भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस कसैकसैलाई अभिषाप बनेपनि पोखरा–२३ मार्गिस्थित मौरेबगर र धर्मडाँडाबासीलाई भने अवसर बनेर आएको हो ।

भारतमा कोरोना संक्रमितको उपचारमा नयाँ औषधि

भारतीय औषधि नियन्त्रण संस्था सिडिएससिओले चर्म रोग सोराइसिसका लागि प्रयोग हुने ‘आइलाइजोमेव’ औषधि कोरोना संक्रमितको उपचारका लागि अनुमति दिएको छ ।

कोरोनाबाट काठमाडौंको दुई सहित थप तीनजनाको मृत्यु

काठमाडौंका दुई सहित नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ठेगाना भएका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्