७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अन्ततः ट्रम्पले पनि लगाए मास्क

कोरोना महामारीयता पहिलोपटक मास्कमा ट्रम्प । तस्बिर : सिएनएन

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मास्क लगाएका छन् । कोरोना महामारीयता उनी पहिलोपटक मुखमा मास्कसहितको तस्बिरमा सार्वजनिक भएका हुन् ।  

यसअघि विज्ञले दिएको सुझावलाई बेवास्ता गरी ट्रम्पले मास्क नलगाउने अडान लिइरहेका थिए । तर पछिल्लो केही दिनयता उनले आफू मास्कविरोधी नभएको भन्दै भिडभाड र विशेष परिस्थितिमा यो लगाउने बताएका थिए । त्यसको केही दिनपछि नै उनी मास्क लगाएर सञ्चारमाध्यममा सार्वजनिक भएका हुन् ।      

सिएनएनका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प शनिबार रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा घाइते सैनिकलाई भेट्न जाँदा मुखमा मास्कसहित देखिएका हुन् । जहाँ उनले कालो मास्क लगाएका छन् ।  

ह्वाइटहाउसबाट निस्किने बेला उनले संवाददातालाई भनेका थिए- तपाईं जब अस्पतालमा हुनुहुन्छ, मास्क लगाउनु एकदमै राम्रो काम हो ।’

यसअघि कोरोना भाइरसको ब्रिफिङ तथा चुनावी सभामा समेत उनले मास्क लगाएका थिएनन् ।  

प्रकाशित: २८ असार २०७७ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App