७ वैशाख २०८१ शुक्रबार
समाज

थुनुवामा कोरोना संक्रमण, हिरासत कक्ष सील

बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्ष सील गरिएको छ। हाडनाता करणीमा १४ गते पक्राउ परेका वीरेन्द्रनगरका ३६ वर्षीय पुरुषमा २६ गते कोरोना संक्रमण पुष्टि भएको हो।

‘अनुसन्धानका क्रममा हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा पठाएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भने, ‘पीडित र पीडकको सम्पर्कमा रहेका आफन्त, प्रहरी र अन्यसहित २२ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाएका छौं।’

प्रहरीका अनुसार श्रीमान विदेशमा रहेका ति महिलालाई पीडकले असार १० गते बलात्कार गरेका थिए। त्यसपछि पनि पटक–पटक बलात्कार प्रयास भएपछि उनी भागेर माइतीको गएकी थिइन्। माइतीकै सहयोगमा पीडित पहिलाले असार १४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। सोही दिन प्रहरीले पीडक पुरुषलाई पक्राउ गरेको थियो। हिरासतमा राख्नुअघि पीडितको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) चेकजाँच गरिएको थियो। आरडीटी जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको थिएन्। ‘आरडीटी परीक्षणका क्रममा कोरोना संक्रमण नदेखिएपछि उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका थियौं,’ एसपी भट्टले भने, ‘जिल्ला अदालतको आदेशपछि असार २० गते पोलिमेरीज चेन रियाक्सन (पीसीआर) जाँच ग¥यौं, २६ गते कोरोना पोजेटिभ देखियो।’

बलात्कार आरोपी पुरुषको बयान सकिएको छ। अदालतमा मुद्धा बुझाउने बेला हाजिर गराउने गरेर उनलाई आइसोलेसनमा पठाइएको प्रहरीले जनाएको छ। थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालयको हिरासत कक्ष शिल गरिएको छ।

प्रकाशित: २८ असार २०७७ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App