८ वैशाख २०८१ शनिबार
कला

कस्तो छ कोरोना संक्रमित अमिताभ र अभिषेकको अवस्था?

फाइल तस्बिर : अमिताभ बच्चन र अभिषेक बच्चन

कोरोना संक्रमण भएपछि भारतका चर्चित सिने कलाकार अमिताभ बच्चन र उनका छोरा अभिशेष बच्चन शनिबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका छन् ।  

महराष्ट्र सरकार र अस्पतालका अनुसार अहिले दुवै जनाको अवस्था स्थिर छ ।  

महानायकका रूपमा परिचित ७७ वर्षीय अमिताभ बच्चनले शनिबार राति ट्विट गरेर आफूलाई कारोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । त्यसको केही मिनेटपछि उनका छोरा अभिनेता अभिषेक बच्चनले पनि ट्विट गर्दै आफू पनि कोरोना संक्रमित भएको जानकारी दिएका थिए । साथै दुवैले आफ्ना प्रशंसकलाई शान्त हुन आग्रह पनि गरेका छन् ।  

आइतबार नानावती अस्पताल र महराष्ट्र सरकारका अधिकारीले दुवैको स्वास्थ्य अवस्था स्थिर भएको जानकारी दिएकाे बिबिसी हिन्दीले जनाएकाे छ ।  मुम्बई नगर कार्यालयले अमिताभ बच्चनको घर आसपास व्यापक रूपमा स्यानिटाइजिङ सुरु गरेको छ । अमिताभ बच्चन कोरोनाका विषयमा सर्वसाधारणलाई सचेत गराउन सक्रिय छन् ।  

प्रकाशित: २८ असार २०७७ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App