७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश १ मा १३ संक्रमित थपिए

डिस्चार्ज भएकाहरूलाई विदाई गरिंदै । तस्बिर : नागरिक

प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार शनिबार  प्रदेश १ मा शनिबार १३ जना  संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरूमा सुनसरीका ४, उदयपुरका ४ , मोरङका ३ र झापाका २ जना छन् ।

मन्त्रालयकाअनुसार सुनसरीको धरानका ४ पुरुष, उदयपुरको बेलकाका ४ पुरुष, मोरङको विराटनगरका २ पुरुष, सुन्दरहरैचाका १ पुरुष र झापाको भद्रपुरका २ पुरुष रहेका छन् ।  १३ जनाथपिएसँगै प्रदेश १ माकोरोना संक्रमितको संख्या७ सय २१ पुगेको छ ।  यस्तै प्रदेश १ मा शनिबार ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलामका २, मोरङका २ र सुनसरीका १ जना डिस्चार्ज भएका हुन् ।

प्रकाशित: २७ असार २०७७ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App