२७ आश्विन २०८१ आइतबार
image/svg+xml

स्विमिङ पुल र सुटिङस्थल निर्माण गर्नुपर्ने

३७ वर्षपछि पोखरामा फेरि राष्ट्रिय खेलकुद प्रतियोगिता फर्किने भएको छ। २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनापछि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने अवसर साढे तीन दशकको समय पर धकेलियो। सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा धरानमै आठौं नेपालगन्ज र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गर्ने सैद्धान्तिक सहमति गरिएको थियो।

उपाधिका लागि रुस्लान थ्रीस्टार र बागमती नगरपालिका भिड्दै

तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि हात पार्नका लागि आज रुस्लान थ्रीस्टार क्लब काठमाडौं र सर्लाहीको बागमती नगरपालिका टिमबीच फाइनल भिडन्त हुँदैछ। दुबै टिम १० लाख नगद सहित राजर्षि जनक कपको प्रथम उपाधी चुम्नका लागि दिउँसाे ३ बजे मैदानमा उत्रदैछन्।

कुस्तीमा प्रदेशकै दबदबा

आठौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत कुस्तीमा प्रदेशको दबदबा कायमै रहँदा स्वर्ण पदकमा प्रदेश–२ र सुदूरपश्चिम प्रदेशले वर्चस्व कायम गरेका छन्। पुरुषततर्फ प्रदेश–२ ले कुल ६ स्वर्ण र ३ रजत जित्दा महिलामा सुदूरले पनि ६ स्वर्ण, ३ रजत र एक कांस्य पदक आफ्नो बनाउन सफल भयो। सुदूरले पुरुषतर्पm पनि २ रजत र चार कांस्य पदक प्राप्त गरेको छ।

कालिका कप भलिबलमा चार खेल

चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको कालिका कप भलिबल प्रतियोगितामा बिहीबार चार खेल सम्पन्न भएका छन्।

दाउफिन्सलाई मनमोहन कपको उपाधि

सुनसरीको दुहवीमा भएको तेस्रो मनमोहन कप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको दाउफिन्स फुटबल क्लबले जितेको छ।

दीपेश र रसिला च्याम्पियन

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मीकी रसिला महर्जन शुक्रबार सम्पन्न १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।

अलिना ‘टप अफ द वर्ल्ड नेपाल’

विवाहित महिलाहरूमा लक्षित ‘मिसेस् टप अफ द वल्र्ड २०१९’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपाली सुन्दरी अलिना तुलाधर छनोट भएकी छन्।

साकेला सिली प्रतियोगिता

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आगामी वर्षको जेठ दोस्रो साता ‘साकेला सिली प्रतियोगिता’ हुने भएको छ। किराँत राई यायोक्खा प्रारम्भिक समिति दोर्पाचिउरीडाँडाले आगामी जेठ १३ र १४ गते प्रतियोगिता गर्न लागेको हो।

जुनियर खुला टेनिस हुने

आइएमई फाउन्डेसनको आयोजनामा दोस्रो आइएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता वैशाख पहिलो साता हुने भएको छ।

‘इको’ मा मुना

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०१९’मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्ने भएकी छन्। मंगलबारबाट सुरु प्रतियोगिताका लागि उनी मंगलबारै बिहान ८ बजे इजिप्ट तिर उडेकी हुन्।

प्रथम मुख्यमन्त्री कप प्रतियोगिता : समेटिएनन् ओलम्पियन जन्माउने खेलहरु

खेलकुद जगतमा कीर्तिमानी खेलाडी दीपक बिष्टलगायत पाँच जना ओलम्पियन सुदूरपश्चिमले जन्माएको छ। राज्यबाट पर्याप्त सुविधा नभएर पनि आफ्नै लगानीमा तेक्वान्दोबाट बिष्ट र निशा रावल ओलम्पियनसम्म पुगे। यसैगरी बिष्णुबहादुर सिंह र डम्मरदत्त भट्टलाई सुदूरपश्चिमले बक्सिङ खेलबाट ओलम्पियन जन्मायो भने भारत्तोलनमा स्वर्गीय भरत साउँद ओलम्पियन बने।

प्रथम वेद कण्ठस्थ प्रतियोगिता

नेपालका पहिलो वेदाचार्य एवं वेद विषयका पहिलो प्राध्यापक सोमनाथ पौडेलको स्मृतिमा देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता सम्पन्न भएको छ। २००९ सालमा पुतलीसडकमा नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेलले पहिलोपटक वेद प्राध्यापन गरेका थिए। पछि त्यही महाविद्यालयको बाल्मीकि विद्यापीठ नामकरण भएको थियो।

प्रदेशस्तरीय फुटबलको तयारी पूरा

आठौँ राष्ट्रिय खेलकुद २०७५ अन्तर्गत तीन नम्बर प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।‘

अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता नेपालमा

नेपालले अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता सम्पन्न गरेको छ। आइफबिबिले आयोजना गरेको यो प्रतियोगिता नेपालमा पहिलो पटक सम्पन्न भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्