९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

कालिका कप भलिबलमा चार खेल

कालिका कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जिल्ला प्रहरी कार्यालय र काठेखोलाका खेलाडी। तस्विरःसंगम/नागरिक ।

बागलुङ– चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको कालिका कप भलिबल प्रतियोगितामा बिहीबार चार खेल सम्पन्न भएका छन्। जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगितामा बिहीबार सिद्धार्थ आँखा घर छन्त्याल कन्ट्रक्सन, काठेखोला गाउँपालिका, बागलुङ भलिबल ट्रेनिङ सेन्टर र नेपाली सेनाको २३ नम्बर बाहिनी विजयी भएका छन्। पहिलो खेलमा सिद्धार्थ आँखा घर छन्त्याल कन्ट्रक्सनले ३—२ को सेटमा अनेरास्ववियुलाई पराजित गरेको छ। पहिलो दुई सेट हारेर दबाब परेका छन्त्याल कन्ट्रक्सनले उत्कृष्ट पुनरागमन गर्दै खेल जित्यो।

खेलको पहिलो दुई सेट जितेको अनेरास्ववियुले अन्तिम तीन सेट लगातार हारेपछि खेलको नतिजा छन्त्याल कन्ट्रक्सनलाई सुम्पिएको हो। खेलको पहिलो सेट २५—२३  र दोस्रो सेट २५—१९ ले अनेरास्ववियुले जित्दा तेस्रो सेट २५—२०, चौथो सेट २५—२१ र १५—६ ले जितेको छ। दोस्रो खेलमा काठेखोलाले जिल्ला प्रहरी कार्यालय बागलुङलाई ३—१ को सेटमा पराजित ग-यो। पहिलो सेट २५—२० ले हारेको काठेखोलाले दोस्रो सेट २५—२३, तेस्रो सेट २५—१३ र चौथो सेट २५—१७ ले आफ्नो पक्षमा पा-यो। तेस्रो खेलमा बागलुङ भलिबल ट्रेनिङ सेन्टरले बाग्लुङलाई ३—२ सेटले जितेको छ।

२—० ले पछि परेको अवस्थाबाट कमव्याक गर्दै बागलुङ भलिबल ट्रेनिङ सेन्टरले नतिजा आफ्नो पोल्टामा पारेको हो। पहिलो सेट  २५—२३ र दोस्रो सेट २५—१८ ले बागलुङले जित्दा भलिबल ट्रेनिङ सेन्टरले तेस्रो सेट २५—२२, चौथो सेट २५—२० र पाँचौं सेट १५—१० ले जित्यो। बिहीबारको अन्तिम खेलमा नेपाली सेनाको २३ नम्बर बाहिनी बागलुङले सिगानालाई सोझोट सेटमा पराजित गरेको छ। २५—१२, २७—२५ र २५—१९ को सोझो सेटमा २३ नम्बर बाहिनीले जित हात पारेको हो। लिग कम नकआउट सिष्टममा बेष्ट अफ फाइभको प्रतिस्पर्धा गराइएको खेल संयोजक किशोर थापाले जानकारी दिए।

प्रतियोगितामा ८ समूह सहभागी छन्। कालिका कप भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५१ हजार हात पार्नेछ।  दोस्रो हुने समुहले एक लाख एक हजार तथा तेस्रो हुने टिमले ५१ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको मूल आयोजक समितिका सदस्य–सचिव कुमार खड्काले जानकारी दिए।

प्रकाशित: २८ चैत्र २०७५ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App