२७ आश्विन २०८१ आइतबार
image/svg+xml

दिवाना र सुशीला क्वार्टरफाइनलमा

नेपाल पुलिस क्लबकी दिवाना सेर्मा र प्रदेश–५ का सुशीला थापा तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।

नेपालले पहिलाे खेल म्यानमारसँग खेल्ने

नेपालले भारतमा हुने अन्तर्राष्ट्रिय महिला फुटबलको पहिलो खेलमा म्यानमारसँग खेल्ने भएको छ। भारतीय फुटबल महासंघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले माघ २६ गते म्यानमारसँग खेल्न लागेको हो। सोही दिन आयोजक भारत र इरानबीच उद्घाटन खेल हुनेछ।

आत्मकथा प्रतियोगिता

फ्रान्सका विद्वान् सिल्भाँ लेभीद्वारा लिखित ‘हिन्दु अधिराज्यको इतिहास’ पुस्तककै पारामा लेखिएको ‘मैले देखेको नेपाल’ (भिन्येत् अफ नेपालको अनुवाद) साँच्चै सुन्दर छ। पद्मजंगले लेखेको ‘लाइफ अफ जंगबहादुर’पछि चर्चित र पढ्नैपर्ने खालका व्यक्तिचित्र थोरै आए। गणेशराज शर्माद्वारा सम्पादित ‘बीपीको आत्मवृत्तान्त’ धेरैले रुचाए। कतिपय कुरा लुकाइए पनि ‘जेल जर्नल’ र बीपीको आत्मवृत्तान्तमा तत्कालिन इतिहास एवं परिवेशको चित्र देख्न सकिन्छ। ती राजनीतिक ऐना पनि हुन्।

तेस्रो राष्ट्रिय एकायन कराते सम्पन्न

नेपाल एकायन कराते संघको आयोजनामा तेस्रो एकायन कराते राष्ट्रिय प्रतियोगितासम्पन्न भएको छ। प्रतियोगितामा पुरुष २५ केजि तौल समूहमा अनिज क्षेत्री, ऋषभ रौनियार र रबि बहेलिया क्रमशः प्रथम,द्वितीय र तृतीय भए।

आर्मीलाई महिला हक्कीको उपाधि

हेटौंडामा सम्पन्न सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले हात पारेको छ। शुक्रबार भएको फाइनलमा प्रदेश नम्बर–३ लाई पेनाल्टी स्ट्रोकमा ३–० गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा गरेको हो।

स्पर्श र अद्रित फाइनलमा

स्पर्श तिमिल्सिना र अद्रित नेपाल १६औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।

आर्मीको विजयी सुरुआत

सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल आर्मीले विजयी सुरुआत गरेको छ। नेपाल हक्की संघको आयोजनामा सोमबारदेखि हेटौंडामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले प्रदेश नम्बर १ लाई पराजित गरेको हो।

फराकिलो जितका साथ आर्मी फाइनलमा

झापा–११ लाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब वीरगन्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

दिदीबहिनी कप माघको अन्तिम साता

तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ। पर्वतको कुस्मामा हुने प्रतियोगिता माघ २८ देखि फागुन १ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

एपिएफ र आर्मीकाे  पहिलाे भिडन्त

साविकको विजेता एपिएफ क्लबसँगै प्रदेश नं ५ पोखरामा जारी दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। समूह विजेताको छिनोफानोका लागि बुधबार भएको खेलमा विभागीय टोली एपिएफल सुदूरपश्चिम प्रदेशलाई र प्रदेश नं ५ ले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गर्न सफल भएका हुन्।

प्रदेश नं. ७ सेमिफाइनल प्रवेश

प्रदेश नं. ७ सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। लिगचरणका खेल सकिएसँगै प्रदेश नं. ७ सेमिफाइनलमा प्रवेश गरेको हो। समूहचरणअन्तर्गत बुधबारको अन्तिम खेलमा पराजित भए पनि रनरेटका आधारमा नतिजा आफ्नो पक्षमा पार्दै प्रदेश नं. ७ सेमिफाइनल पुग्ने चौथो टोली बनेको हो।

‘हेरिटेज इन्टरनेसनल’मा अदिती

आगामी फेब्रुअरी १२ देखि १७ अर्थात माघ २९ गतेदेखि फागुन ५ सम्म सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसनल २०१९’ मा नेपालको प्रतिनिधित्व अदिती श्रेष्ठले गर्ने भएकी छन्। प्रतियोगिताको लागि नेपालको आधिकारिक संस्था इप्लानेट नेपालले गत शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०१९’को ताज अदितीलाई पहिर्‍याउँदै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बाटो खुल्ला गरेको हो।

‘साइनो स्टार’मा १ सय १८ प्रतियोगी

खोटाङमा जारी ‘हलेसी साइनो स्टार–२०७५’ का लागि १ सय १८ जना प्रतियोगी छानिएका छन्। जिल्लाका दश वटै स्थानीय तहका विभिन्न स्थानमा सञ्चालन गरिएको यो गायन प्रतियोगिताको पालिकास्तरीय प्रथम अडिसनबाट १ सय १८ प्रतियोगी छानिएको आयोजक साइनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए।

फेसन डिजाइनरको प्रतिष्पर्धा

नेपाली फेसन डिजाइनरका सिर्जना अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै फेसन डिजाइनरको कलाको सम्मान गर्ने उद्देश्यले ‘डिजाइनर अफ द इयर’ प्रतियोगिता आयोजना हुने भएको छ।

बाजागाजाले गुन्जियो भक्तपुर

भक्तपुर नगर शनिबार दिनभर बाजागाजामय बन्यो। सधैं जात्रापर्वमा मात्रै बाजामय हुने सानो भक्तपुर शनिबार भने जात्रापर्व नपरे पनि बाजागाजाले गुन्जायमान बनेको थियो। भक्तपुर नगरपालिकाले ‘नगरव्यापी धाँ बाजा प्रतियोगिता’ आयोजना गरेपछि नगर बाजामय भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्