२७ आश्विन २०८१ आइतबार
image/svg+xml

विभागीय टिमकै वर्चस्व

इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगितामा शुक्रबार पनि विभागीय टोलीले जितलाई निरन्तरता दिएका छन्।

आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले प्रतियोगिताको मिति सार्न बाेर्ड बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको छ। प्रदेश नम्बर ५ मा हुने तय भएको प्रतियोगिता माघ २५ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो। तर, भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता दुई हप्ता पछाडि सार्ने तयारी गरिएको हो।

‘गोपी’को कविता प्रतियोगिता

आगामी माघ १८ गते रिलिज हुने फिल्म ‘गोपी’को प्रवद्र्धन गर्न फिल्म निर्माण कम्पनी आरोही इन्टरटेनमेन्ट कविता प्रतियोगिताको आह्वान गरेको छ। कम्पनीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सात जनाले जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि पाउनेछन्।

विश्व शारीरिक सुगठनः भारतलाई उछिन्दै नेपालले जित्यो स्वर्णपदक

विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ। थाइल्याण्डमा आयोजित १० औं संस्करणको प्रतियोगितामा नेपालका महेश्वर महर्जनले ७५ केजी तौल समूहमा भारतसहित ४ देशका प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जितेका हुन्।

विराटनगरमा प्रादेशिक दुई प्रतियोगिता

नेपाली फुटबल जगतमा अहिलेसम्म पूर्व क्षेत्र हालको प्रदेश–१ लाई फुटबल खेलाडीको उत्पादन स्थलका रूपमा लिइन्छ। देश संघीयतामा गएसँगै सबै अधिकार र स्रोतसाधनको बाँडफाँट हुँदै गएको छ।

भरत र अस्मिता च्याम्पियन

भरत थापामगर र अस्मिता श्रेष्ठ शुक्रबार सम्पन्न क्याडी प्रतियोगितामा च्याम्पियन भएका छन्। गोकर्ण गल्फ क्लबमा भएको खेलमा निर्धारित १८ होलको खेलमा बराबरी भएपछि थप गरिएको अतिरिक्त होलमा जित निकाल्दै भरत च्याम्पियन भएका थिए।

सुशीला र रमिसा सेमिफाइनलमा

दाङ अल्फा बक्सिङ ट्रेनिङ सेन्टरकी सुशीला थापा र नक्साल बक्सिङ क्लबकी रमिसा श्रेष्ठ शुक्रबार प्रथम नोभिस राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत महिला यु–१९ उमेरसमूहको ४८ केजीमुनि सेमिफाइनलमा प्रवेश गरेका छन्।

आर्मी र बर्दियाबीच उपाधि भिडन्त

विराटनगरमा जारी प्रथम रोनाल्ड म्याकुली कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र बर्दिया फाइनलमा प्रवेश गरेका छन्।

पुरुषतर्फ क्वार्टरफाइनल समीकरण पूरा

प्रथम नोभिस राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार पुरुष यु–१९ र यु–२४ उमेर समूहका क्वार्टरफाइनल समीकरण पूरा भएका छन्।

सची हवाइ सुन्दरी

एयर होस्टेसको प्रशिक्षण लिइरहेका र लिइसकेका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन २०१८’को उपाधि ललितपुरकी सची पौडेलले जितेकी छिन्।

निबन्धका विजेतालाई पुरस्कार

महालक्ष्मी विकास बैंक लिमिटेडको विराटनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत आइतबार ६३औं प्रहरी दिवसको अवसरमा प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित निबन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेको छ।

प्रतिपक्षीप्रति सरकार असहिष्णु

रुकुम (पश्चिम) बाँफीकोट गाउँपालिका ६ मग्मा गाउँ सोमबार दिनभर तनावग्रस्त बन्यो । स्थानीय युवा र प्रहरीबीचको झडपले स्थानीय त्रसित थिए । यो विवादको विषय नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको भलिबल प्रतियोगितासँग जोडिएको थियो।

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

नेपाल भलिबल संघ बागलुङद्वारा गलकोटमा आयोजित २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।

गलकोटमा मंगलबारबाट राष्ट्रिय महिला भलिबल हुँदै

बागलुङको गलकोट नगरपालिका–३ हटियामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबार (आज) देखि सुरु हुँदै छ। नेपाल भलिबल संघको आयोजनामा २२ आैं राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुन लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्