२७ आश्विन २०८१ आइतबार
image/svg+xml

अधिकारीको फोटो उत्कृष्ट

धादिङ जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रथम जिल्ला स्तरीय फोटोग्राफी प्रतियोगितामा पत्रकार सीताराम अधिकारीले खिचेको फोटो उत्कृष्ट भएको छ।

चन्दा गिरी ‘मिसेज नेपाल’

विवाहित महिलाबीच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा सर्लाहीकी चन्दा थापा गिरीले मिसेस नेपाल इन्टरनेसनलको ताज चुमेकी छिन्।

बिदा भए मिस नेपाल

विश्वका विभिन्न देशमा हुने सुन्दरी प्रतियोगितामा भाग लिने मिस नेपालको विदाइ गरिएको छ । सोमबार राजधानीमा मिस नेपाल आयोजक हिडन ट्रेजरले मिस नेपालको विभिन्न विधाका विजेतालाई विदाइ गरेको हो।

माहिका र प्रेरणा फाइनलमा

ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलमा माहिका राणा र प्रेरणा कोइराला फाइनलमा प्रवेश गरेका छन्।

दीपेश र रसिला च्याम्पियन

विभागीय टोली एपिएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन तेस्रो योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल र महिला एकलमा क्रमशः च्याम्पियन बनेका छन्।

ललितपुरमा टेनिस जारी

ललितपुरमा जारी वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलको सेमिफाइनल समीकरण पूरा भएको छ।

आशिष र अदिती भए मोडल हन्ट

महिला र पुरुषबीचको प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदिती अधिकारीले जितेका छन् ।

अल्विना ‘टिन प्रिन्सेस नेपाल’

सौन्दर्य प्रतियोगिता ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौं ठमेलकी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन्।

अरहान्त र भावना च्याम्पियन

तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत शनिबार अरहान्तकेशर सिंह र भावना सुनुवार च्याम्पियन बनेका छन् ।

ब्याडमिन्टन टोली भारततर्फ

भारतको पुनेमा हुने इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।

नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

नेपाली युवा विद्यार्थी आफुले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन्। आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी जुटेका हुन्।

इपिएलको फ्यान्टसी प्रतियोगिता

फुटबल नेपालको लोकप्रिय खेल हो । नेपाली फुटबल मात्र नभई विदेशी फुटबलका समर्थक पनि नेपालमा धेरै छन् । युरोपेली लिग सुरु हुन केही हप्ता मात्र बाँकी रहँदा कर्नर फ्लाग प्रालिले इङ्लिस प्रिमियर लिगको फ्यान्टसी प्रतियोगिता गर्ने भएको छ।

उपराष्ट्रपति कप प्रतियोगितामा एपिएफ र आर्मी विजयी

काठमाडौंमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौंमा शुक्रबारबाट शुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्