१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

अरहान्त र भावना च्याम्पियन

उपाधिका साथ भावना सुनुवार र अरहान्तकेशर सिंह ।    तस्बिर सौजन्यः राखेप

काठमाडौं – तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत शनिबार अरहान्तकेशर सिंह र भावना सुनुवार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा अरहान्त र महिलामा भावनाले उपाधि जितेको यो लगातार तेस्रो पटक हो।

सातदोबाटोमा भएको पुरुष फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ११–७, ७–११, ११–८ र ११–६ को सेटमा पराजित गरे । महिला फाइनलमा भावनाले कृष्णा थापालाई ११–५, ११–७ र ११–१ को सोझो सेटमा हराइन्।

मास्टर्स ५० वर्षमाथि सिंगल्स फाइनलमा सुदीपबहादुर सिंहले दिलीपनरसिंह अधिकारीलाई ११–६, ११–८ र ११–५ ले पाखा लगाउँदै पहिलो भए।

यु–१५ ब्वाइज सिंगल्समा विकास मगरले स्वर्ण जिते । उनले फाइनलमा सलिम थापामगरलाई ११–४ र ११–५ को सोझो सेटमा निराश पारे । सोही स्पर्धाको गल्र्समा सपना ब्लोन च्याम्पियन बनिन् । फाइनलमा सपनाले मुस्कान राउतको चुनौती ११–४ र ११–३ ले समाप्त पारिन्।

यु–१९ ब्वाइज सिंगल्स फाइनलमा अमिर ब्लोनले विजय मगरलाई ११–९, ११–३ र ११–३ को सीधा सेटमा पाखा लगाउदै शीर्ष स्थान हात पारे।

पुरुष सिंगल्सको प्लेटतर्फ अमिर ब्लोन पहिलो भए । उनले फाइनलमा स्टिभ फ्रान्सिसलाई १२–१०, ११–९, ६–११ र ११–८ को सेटमा पन्छाए।

विजेतालाई प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, आयोजक नेपाल स्क्वास र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।पाँचदिने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: २७ श्रावण २०७५ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App