२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

उपराष्ट्रपति कप प्रतियोगितामा एपिएफ र आर्मी विजयी

काठमाडौं - काठमाडौंमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा एपिएफले रौतहटलाई ७–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। एपिएफको यो लगातार दोस्रो जीत हो। यसअघि पहिलो खेलमा एपिएफले काठमाडौंलाई पराजित गरेको थियो। एपिएफको जितमा सावित्रा भण्डारी एक्लैले चार गोल गरिन भने सरु लिम्बूले दुई तथा अनिता बस्नेतले १ गोल थपिन । सावित्रा खेलको वुमन अफ दी म्याच घोषित भइन्।

सोही मैदानमा शुक्रबारनै भएको दोस्रो खेलमा आर्मीले काठमाडौंलाई ८–० ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको थियो। आर्मीको जितमा दीपा राईले ह्याट्रिक गरिन् भने कृष्णा बस्नेतलले २ गोल थपिन्। त्यस्तै विमला विक, इन्दिरा राई र कविता धिमालले समान १/१ गोल गरे। रासस

प्रकाशित: ११ श्रावण २०७५ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App