२७ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रतियोगिता यात्रामा केन सन्तुष्ट

इङ्ल्यान्डका कप्तान ह्यारी केनले विश्वकपमा सेमिफाइनलसम्मको यात्रालाई प्रतिभावान् युवा पुस्ताको उदयको सुरुआतका रूपमा लिएर गौरव गर्नुपर्ने बताएका छन्।

आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगितामा १ सय ६० तस्बिर

फोटो पत्रकार क्लव नेपालले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०७५ को काठमाडौंमा निर्णायक चरण सम्पन्न भएको छ। प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ५ हजार ५ सय ८० फोटो प्राप्त भएको क्लबले जनाएको छ। दुई चरणमा निर्णायकहरुबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ६० फोटो छानिएका छन्।

फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा, पेरू प्रतियोगिताबाट बाहिरियो

विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा पनि फ्रान्स विजयी भएको छ। इकाटेरिनबर्ग एरिना रंगशालामा बिहीबार सम्पन्न दोस्रो खेलमा फ्रान्सले पेरूलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको छ।

बेइजिङमा नेपाल दौड प्रतियोगिता

चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरेका छन्।

अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा रौनियारले जिते तेस्रो पुरस्कार

यूरोपेली कमिसनस्थित अन्तर्राष्ट्रिय साझेदारी र बिकाससम्बन्धी निर्देशनालयले आयोजना गरेको एक अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार जितेका छन्।

छैटौं पिजे फोटो प्रतियोगिता हुने

नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ । क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो ।

सर्वाधिक धनराशीको फोटो प्रतियोगिताको घोषणा

फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ। क्लबले बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो।

लोक गायन प्रतियोगितामा पर्शुराम पहिलो

खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित खुला लोकगीत गायन प्रतियोगीतामा पर्शुराम गजमेर प्रथम भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा शनिबार साँझ भएको प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका गजमेरले लोकगीत गायन प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका हुन् ।

बाजुरामा बुढीगंगामा मेयर कप प्रतियोगिता हुने

बाजुराको बुढीगंगा नगरपालिकामा पहिलो मेयर कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नगरपालिकाको सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुने नगर प्रमुख दिपक विक्रम शाहले बताए।

यसरी सुरु भयो प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता (फोटो फिचर)

सर्वाधिक पुरस्कार राशिको प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिबारबाट रोल्पाको सदरमुकाम लिबाङमा सुरु भएको छ।

एकै मञ्चबाट चार प्रतियोगिता

मिस्टर नेपाल’को मञ्चबाट एकसाथ चार प्रतियोगी छानिने भएका छन् । आयोजक एक्सपोज नेपालले अबदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने गरेर मिस्टर नेपालको मञ्चबाट नयाँ ‘मिस्टर नेपाल’का साथै एकसाथ अन्य तीन प्रतियोगीसमेत छानिने जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको अग्रता

खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाले सुरुदेखि नै अग्रता कायम राखेको छ। नेपाल सितोरियो कराते संघको आयोजनामा विहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा हालसम्म ६ स्वर्ण सहित नेपाली सेना शिर्ष स्थानमा छ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हुँदै

खोटाङमा सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हुँदैछ । नेपाल सितोरियो कराते संघको आयोजनामा बिहीबारदेखि शनिबारसम्म दिक्तेलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहान ११ बजेपछि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ ।

साकेला शिली प्रतियोगिता

राई जातिको साकेला शिलीको प्रचारप्रसार एवम् प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १३ नुनथलास्थित नुनथला युवा सेवा समाजले साकेला शिली प्रतियोगिता आयोजना गरेको छ।

जापानमा तेस्रो तमु धिं रनिङ फुट्सल प्रतियोगिता हुने

टोकियोमा तेस्रो तमु धिं जापान रनिङ फुट्सल प्रतियोगिताको आयोजना हुने भएको छ। जापानकै पुरानो सामाजिक संस्थाको रूपमा चिनिने तमु धिं जापानको आयोजनामा मे २१ तारिख आइतबार दोस्रो तमु धिं जापान रनिङ कप फुट्सल प्रतियोगिता हुने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्