२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको अग्रता

कराते प्रतियोगितामा आफ्नो देशको झण्डा फहराएर उभिएका भारत र श्रीलंका लगायतका खेलाडी । तस्बिर : दमन राई

खोटाङ – खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाले सुरुदेखि नै अग्रता कायम राखेको छ। नेपाल सितोरियो कराते संघको आयोजनामा विहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा हालसम्म ६ स्वर्ण सहित नेपाली सेना शिर्ष स्थानमा छ। पाहुना टिम भारत र ३ नेपालकै नम्बर प्रदेश २÷२ स्वर्ण सहित नेपाली सेनालाई पछ्याइरहेको छ। शुक्रबारसम्मको नजिता अनुसार आयोजकले १ स्वर्ण हात पार्दा पाहुना टोली श्रीलंकाले २ कास्य मात्र जितेको निर्णायक टोलीका संयोजक राजेन्द्र कपालीले बताए । 

कराते प्रतियोगिताका लागि श्रीलंका, भारत, नेपाली सेना, १ नम्बर प्रदेश, २ नम्बर प्रदेश, ३ नम्बर प्रदेश, ४ नम्बर प्रदेश, ६ नम्बर प्रदेश र आयोजक सहित ९ टिमको प्रतिष्पर्धा भइरहेको छ । २०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप हालसम्मकै ठूलो धनराशीको दोश्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना गरिएको हो । 

दिक्तेलको माटिकोरे खेलमैदानमा जारी प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः १ लाख, ७० हजार, ५० हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल सितोरियो कराते संघको खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए। प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई जनही २०÷२० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि विभिन्न तौल समूहका पुरुष÷महिला कुमिते तथा पुरुष÷महिला काँतातर्फ ३१५ खेलाडीले विभिन्न इभेन्टमा प्रतिष्पर्धा गरिरहेका छन् । 

प्रकाशित: २१ वैशाख २०७५ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App