२७ आश्विन २०८१ आइतबार
image/svg+xml

सोलुखुम्बुमा क्षेत्रीय ब्याटमिन्टन प्रतियोगिता हुँदै

हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक क्षेत्रीय ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिने भएको छ। यही चैत्र २४ गते देखि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

गुल्मीमा दोहोरी प्रतियोगिता

यहाँ आयोजना भइरहेको ‘तेस्रो गुल्मी महोत्सव’मा स्थानीय तह स्तरीय दोहोरी गीत प्रतियोगिता सुरु भएको छ।

शारीरिक सुगठन प्रतियोगिता हुने

फिटनेस फस्ट क्लबले यसै महिना मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनसिपको चौथो संस्करण गर्ने भएको छ।

राष्ट्रिय भलिबल प्रतियोगिता शुरु

लहान नगरपालिका वडा नं ११ पडरिया थारु टोलस्थित सिर्जना सामुदायिक पुस्तकालयद्वारा सञ्चालित तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।

सगरमाथाको फेदीमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता, विजेतालाई ५ लाख

हिमाली जिल्ला सोलुखुम्बुमा पर्ने सगरमाथाको फेदीमा सर्वाधिक राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको छ।

महिलामा एपिएफ र पुरुषमा आर्मी च्यम्पियन

लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

लन्डनको मोडल प्रतियोगितामा निशान

लन्डनमा आगामी अप्रिल ३ मा हुन लागेको ‘टप मोडल वल्र्ड वाइड २०१८’मा नेपाली मोडल निशान चौहानले सहभागिता जनाउने भएका छन् । सन् २०१६ को ‘म्यानहन्ट नेपाल’का ‘मिस्टर पर्सनालिटी’ तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान अन्य मुलुकका ४० प्रतियोगीसँग शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा

अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ।

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ। ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न सफल भइरहेको र आगामी दिनमा खेलाडी उत्पादनमा थप पहल गरिने जानकारी दिए।

मुस्ताङमा स्की प्रतियोगिता हुने

नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय स्की खेलको प्रतियोगिता हुने भएकाे छ । बुधबार राजधानीमा अायाेजित पत्रकार सम्मोलनमा अायाेजक हिमालय स्की ट्रेडले सन २०१८ को अन्तिमतिर मुस्ताङको मुक्तिनाथ क्षेत्रमा स्कीकाे आयोजना गर्ने जनाएकाे छ ।

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललार्इ ९४ पदक

यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ।  एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ। गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित दोस्रो तथा भुटान ६ स्वर्ण, दुई रजत र एक काँस्यसहित तेस्रो भएको छ।

धनकुटामा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

धनकुटामा आगामी माघको पहिलो साता राखेप च्याम्पियनसिप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ। माघ ४ देखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको धनकुटामा विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। राष्ट्रिय तेक्वान्दो संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद र जिल्ला खेलकूद विकास समितिको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको राष्ट्रिय तेक्वान्दो जिल्ला संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले बताए।

राष्ट्रिय भलिबल प्रतियोगिता सुरू

पोखरा रंगशालामा राष्ट्रिय भलिबल प्रतियोगिता सुरू भएकाे छ । मंगलबारदेखि २१ औं महिला र ३१ औं पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजनामा महिला र पुरुषतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य–पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका टाेली सहभागि भएका छन् ।

जाजरकोट महोत्सवमा एक लाख राशिको भलिबल प्रतियोगिता

पुस १२ गतेदेखि एक हप्तासम्म चल्ने जाजरकोट महोत्सव तथा रमाइलो मेलाको अवसरमा आकर्षक पुरस्कार राशिको भलिवल प्रतियोगिता हुने भएको छ। जिल्ला खेलकुद विकास समिति जाजरकोटले जाजरकोट महोत्सवका अवसरमा एक लाख पुरस्कार राशि राखेर प्रतियोगिताको आयोजना गर्न लागेको समितिका सदस्य सचिव जयराज आचार्यले बताए।

भारतद्वारा श्रीलंकासँगको टी-२० क्रिकेट प्रतियोगिता कब्जा

भारतले श्रीलंकासँगको टी–२० क्रिकेट प्रतियोगिता जितेको छ । शुक्रवार श्रीलंकामा भएको दोस्रो खेलमा भारत ८८ रनको फराकिलो अन्तरले विजयी भएको हो । भारलले दिएको २ सय ६१ रनको बिशाल लक्ष्य पछ्याएको श्रीलंका १७.२ ओभरमा १ सय ७२ रनमा अलआउट भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्