९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय भलिबल प्रतियोगिता शुरु

लहान – लहान नगरपालिका वडा नं ११ पडरिया थारु टोलस्थित सिर्जना सामुदायिक पुस्तकालयद्वारा सञ्चालित तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। 

प्रदेशसभा सदस्य लगनलाल चौधरीले खेलको उद्घाटन गरे। मनसा कन्स्ट्रक्सन काठमाडौँ र रानी पुलिस विराटनगरबीच आज भएको पहिलो खेलमा रानी पुलिस विराटनगरले जीत हासिल गरेको छ। 

यसैगरी दोस्रो खेल एपिएफ काठमाडौँ र जावलाखेल ललितपुरबीच भएकामा एपिएफ काठमाडौँले जितेको छ। 
खेलमा प्रथम पुरस्कार रु एक लाख, दोस्रो पुरस्कार रु ७५ हजार र तेस्रो पुरस्कार रु २१ हजारका छन्।

खेलमा आठ टोली सहभागी छन् । फाइनल खेल यही चैत २० गते अपराह्न २ बजे हुनेछ । 

प्रकाशित: १६ चैत्र २०७४ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App