१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

सोलुखुम्बुमा क्षेत्रीय ब्याटमिन्टन प्रतियोगिता हुँदै

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक क्षेत्रीय ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिने भएको छ। यही चैत्र २४ गते देखि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको संयोजनमा चैत्र २६ गते सम्म सदरमुकाम सल्लेरीमा रहेको कर्बड हलमा प्रतियोगिता संचालन हुनेछ।

प्रतियोगितामा १६ वटा जिल्लाका १ सय ४४ जना खेलाडी सहभागि हुने छन्। महिला र पुरुषको सिंगल तथा डबल दुबै तर्फ गरि प्रत्येक जिल्लाबाट ८ जना खेलाडी सहभागि हुने जिल्ला खेलकुद विकास समिती सोलुखुम्बुका अध्यक्ष डिबि रानापालले जानकारी दिए। प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्नका लागि विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी समेत दिएको संयोजक गुरुङले जानकारी दिए। कर्बड हल तयारीको ९० प्रतिशत काम पुरा भएको छ।

प्रतियोगिताको उद्घाटन पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गर्नेछन् भने समापन माननीय सांसद हेमकुमार राई सुरवीरले गर्ने कार्यक्रम छ। प्रतियोगिताका अवसरमा नेपालका चर्चित खेलाडी संगिता बैद्य समेत सोलुखुम्बु आउने जिल्ला खेलकुद विकास समिती सोलुखुम्बुका कार्यलय प्रमुख नेत्र प्रसाद घिमिरेले जानकारी दिए।

सोलुखुम्बुबाट ९ खेलाडी छनौट
क्षेत्रीय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने सोलुखुम्बुका खेलाडीहरूको नाम टुंगो लागेको छ। बुधबारदेखि सल्लेरीमा भएको प्रतियोगिताबाट ९ खेलाडी छनौटमा परेका छन्। 

सोलुखुम्बुबाट मेन्स ओपनमा अर्जनु श्रेष्ठ, रघुनाथ खनाल, गंगाबहादुर राई र भक्तबहादुर राउत छनौट भएका छन् भने ब्वाइज अन्डर सेभेन्टिनमा दावा ग्याल्जेन शेर्पा र अर्जुन मगर छनौट भएका छन्। यस्तै उमन्स ओपनमा बुलबुल पौडेल, बबिता राई र सुर्यकुमारी सुनुवार छनौट भएका छन्।

प्रकाशित: २३ चैत्र २०७४ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App