१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आत्मघाती बम विस्फोटमा परी १८ जनाको मृत्यु

नाइजेरियाको उत्तरी क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ।

समाचार संस्था अल जजिराका अनुसार तीजना महिलाले शरीरमा बम लगाएर विवाह समारोह, अन्त्येष्ठि र एक अस्पतालमा विस्फोट गराउँदा कम्तिमा १८ जना मारिएका छन् भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

बोर्नो स्टेट एजेन्सी म्यानेजमेन्टका महानिर्देशक बार्किडो सैदुले पहिलो बम विस्फोट उत्तरपूर्वी सहर ग्वोजामा एक विवाह समारोहको क्रममा भएको बताए। उनले पहिलो विस्फोट भएको केही समयमै जनरल अस्पताल नजिकै विस्फोट भएको र तेस्रो विस्फोट अन्त्येष्ठिको क्रममा शोक मनाउन भेला भएकालाई लक्षित गरी भएको बताए।

उनले हालसम्म पनि घटनाको कसैले जिम्मेवारी नलिएको पनि बताए।

पछिल्लो समय नाइजेरियन विद्रोही समूह बोको हरामले विस्फोटका लागि महिला र किशोरीहरूको प्रयोग गर्न थालेको बताइएको छ। त्यसकारण उक्त आक्रमण पनि बोको हरामले गराएको हुन सक्ने अनुमान गरिएको छ।

हालसम्म बोको हरामले ३५ हजारभन्दा बढीको हत्या गरिएको छ भने २ लाख ६० हजारभन्दा बढी विस्थापित भएका छन्।

प्रकाशित: १७ असार २०८१ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App