१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छः सांसद श्रेष्ठ

नेकपा (एमाले) का सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्। 

उनले बीआरआई परियोजनाको सम्बन्धमा विभिन्न टिप्पणीहरु हुने गरेको भन्दै सरकारले सम्झौता गरिसकेको कुरालाई कार्यान्वयन गर्नुपर्ने बताए। उनले सम्झौता कार्यान्वयन गर्ने कुरा दुई देश बिचको विश्वसनीयतासँग पनि सम्बन्धित भएको बताए।

उनले भने, ‘दुई देशबिचको महत्वपूर्ण योजना हो। जसले नेपालको विकासमा धेरै ठुलो महत्व राख्छ। जुन एमओयुमा सम्झौता भएको छ, नेपालको हितलाई ध्यानमा राखेर अहिलेको सरकारले कार्यान्वयनसम्बन्धी जुन सम्झौता छ, यसलाई नेपालको हितमा अगाडी बढाउनुपर्छ। यसमा दुई मत छैन। त्यसको लागि दुई देश बिचको विश्वसनीयताको कुरा हो।’

प्रकाशित: १७ असार २०८१ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App