२७ आश्विन २०८१ आइतबार
image/svg+xml

चीनमा नेपाल चिनाउने फोटो प्रतियोगिता

पर्यटन प्रबद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता चीनमा सुरु भएको छ । प्रतियोगितामा भाग लिन नेपाल भ्रमणमा जाने पहिलो चिनियाँ फोटोग्राफी टोलीलाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले रुद्राक्षको माला लगाई बिदाइ गरेका थिए । काठमाडौं महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर छन्दू सहरको पर्यटकीय क्षेत्र वाइड न्यारो एलेमा छ दिने नेपालसम्बन्धी फोटो प्रदर्शनी सुरु गरिएको हो ।

भारतविरुद्धको खेल गुमाए प्रतियोगिताबाट बाहिर

यु–१५ महिला साफ च्याम्पियनसिपअन्तर्गत मंगलबार(आज) हुने भारतविरुद्धको दोस्रो खेलमा नेपाललाई जित्नुको विकल्प छैन । ढाकास्थित वीर श्रेष्ठ सिपाही सहिद मोहम्मद मोस्ताफा कमल रंगशालामा हुने भारतविरुद्धको खेल गुमाएमा नेपाल अन्तिम खेलअघि नै च्याम्पियनसिपबाट बाहिरिने छ ।

मोबाइलले फिल्म खिच्ने प्रतियोगिता

अत्याधुनिक क्यामराले खिचिएका फिल्म तथा वृत्तचित्रको महोत्सव राजधानीका दर्शकका लागि नयाँ रहेनन् । यस्तै क्यामराले खिचेका फिल्म तथा वृत्तचित्रको महोत्सव ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल’ को १५ औं संस्करण राजधानीमा जारी छ । तर, आइतबार मोबाइलबाट खिचिने फिल्मको पनि प्रतियोगिता घोषणा गरिएको छ ।

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि

रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ । सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक÷एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो ।

त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ।  गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए।

छनोट प्रतियोगितामा भाग लिन नेपाल टोली कीर्गिस्तान प्रस्थान

एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोटमा सहभागी हुन नेपाली युवा फुटबल टोली आज कीर्गिस्तान प्रस्थान गरेको छ।

युवा भलिबल प्रतियोगिता हुने

नेपाल विद्यालय भलिबल कमिसनले आइतबारबाट १८ वर्ष मुनिको भलिबल प्रतियोगिता गर्ने भएको छ ।  महिला तथा पुरुष दुवै तर्फ प्रतिस्पर्धा गराइने प्रतियोगिता कात्तिक १९ सम्म नयाँ बसपार्क स्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।

कराते प्रतियोगितालाई सम्झनाको साथ

राष्ट्रिय कराते प्रतियोगिताको ५०औं संस्करणलाई ललितपुरको सम्झना ल्याबोरेटरी क्लिनिकले मुख्य प्रायोजकका रूपमा सघाउने भएको छ । नेपाली करातेको इतिहासमा पहिलो पटक प्रतियोगिताका लागि सोमबार नेपाल कराते महासंघ र सम्झना ल्याबोरेटरीबीच मुख्य प्रायोजन सम्झौता भयो ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि

यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ।  बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए।

पिङ मच्चाउने प्रतियोगिता

लमजुङको गाँउशहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता सम्पन्न भएको छ । परम्परागत लिङ्गेपिङ लोप हुँदै गइरहेका बेला संरक्षण र प्रर्वद्धनका लागि तिहारको अवसरमा बेसीशहर नगरपालिका–३ गाँउशहरमा प्रतियोगिता आयोजना गरिएको हो । स्थानीय जनज्योति युवा क्ल्व, अमर गणेश बाबा समूह र गोदावरी आमा समूहको संयुक्त आयोजनामा लिङ्गेपिङ मच्चाउने प्रतियोगिता भएको हो ।

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतलाई

नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारत गोरखपुरका शैलेश पहलवानले हासिल गरेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् । यसैगरी प्रतियोगिताको उपविजेता भारतको बहराइचका राधे पहलवानले हासिल गर्न सफल भए । पहिलो स्थानका शैलेशले नगद रु पाँच हजारसहित मेडल प्राप्त गर्नुभयो भने द्वितीय स्थान ल्याउन सफल राधेले नगद रु तीन हजारसहित मेडल प्राप्त गरे ।

ओखलढुंगामा एकसाथ दुई भलिवल प्रतियोगिता, विजेतालाई खसी पुरस्कार

ओखलढुंगामा एक साथ दुई स्थानमा भलिबल प्रतियोगिता शुरु भएको छ । मोलुङ गाउँपालिका वडा नं. ४ स्थित रुपटार र नगरपालिका स्तरीय सिद्धिचरण नगारपालिकामा भलिबल प्रतियोगिताको शुरु भएको हो ।

श्रीलंका प्रतियोगिताबाट बाहिर

श्रीलंकाले आइतबार भुटानलाई ६-० को नतिजा सुम्पिएपछि काठमाडौं जारी यु–१५ साफ च्याम्पियनसिप प्रयितोगिताबाट बाहिरिएको छ। लगातार दोस्रो हारपछि श्रीलंका गोलविहीन भएर घर फर्किँदा भुटानले सेमिफाइनलमा स्थान पक्का गरेको छ।

बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

जिल्ला सदरमुकाम बेनीमा बुधबार आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ ।

भलिबलमा चार नयाँ प्रतियोगिता

चार नयाँ प्रतियोगिता थप्दै नेपाल भलिबल संघले वार्षिक कार्यक्रम घोषणा गरेको छ। संघले नयाँ प्रतियोगिताको रूपमा अन्तरकलेज, राष्ट्रिय मेयर कप, सांसद महिला पुरुष भलिबल र यु–१८ पुरुष महिला भलिबल प्रतियोगिता गर्ने बताएको छ। गत वर्षका अन्य कार्यक्रमलाई भने निरन्तरता दिएको नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्