१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि

वालिङ – यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ। 

बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए। 

स्याङ्जाको स्वरेक मैदान प्याराग्लाइडिङका लागि एक उत्कृष्ट स्थान रहेको र यहाँबाट दैनिक प्याराग्लाइडिङ भइरहने गरेको छ। 

यस ठाउँमा प्याराग्लाइडिङसम्बन्धी प्रशिक्षण दिने स्कुलसमेत रहेकाले यस क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक तथा खेलाडी भित्र्याउन सकियोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको केसीले बताए। 

प्रतियोगितामा स्याङ्जा जिल्लाका चापाकोट, गहौँसुर, सिर्सेकोट, मिर्मी, हुनिकोट, सतौँ, खिलुङ र सिरुवारीलाई समेट्ने लक्ष्य लिएर आयोजना गरिएको हो। प्याराग्लाइडिङ प्रतियागितामा अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विट्जरल्याड, बंगलादेश लगायतका देशका खेलाडीको सहभागिता रहनेछ। 

छ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा रु ८५ लाख खर्च हुने अनुमान आयोजक बाबु एडभेञ्चर क्लबले गरेको छ। प्रतियोगिताबाट सन् २०१८ मा इन्डोनेसियामा हुने एशियाली हवाई खेलकुदका लागि चार महिला र आठ पुरुष छनोट गरिनेछ। 

प्रकाशित: ६ कार्तिक २०७४ ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App