२७ आश्विन २०८१ आइतबार
image/svg+xml

करातेकोे अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै

जिल्लाको सूर्याेदय नगरपालिकास्थित फिक्कल बजारमा ‘छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराते प्रतियोगिता’ आयोजना गरिने भएको छ । नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकाका ४ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै दुई नेपाली

आउँदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्डस्थित नेपालीले संचालन गरेको स्कुलका सहभागी सबै खेलाडी छनोट भएका छन्।

उन्नाइस वर्षमुनिको क्रिकेट प्रतियोगिता हुने

यहाँको डिएभी क्रिकेट खेल मैदानमा यही चैत २७ गतेदेखि ३१ गतेसम्म पीएलओ प्रथम यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग हुने भएको छ ।

सगरमाथा फेदीमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता

सर्वोच्च शिखर सगरमाथाको फेदी सोलुखुम्बुको नाम्चेबजारमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ।

दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने

पर्वत जिल्लाको कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनीले ‘प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

फागुन १२ देखि १६ दोहोरी साँझ ‘रनिङ् सिल्ड’ प्रतियोगिता हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरीय गोल्डेन ओक ‘रनिङ् सिल्ड’को आयोजना गर्ने जनाएको छ।

घरेलु प्रतियोगितामा एपिएफको उच्च फर्म

साबिक विजेता एपिएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

काठमाडौंमा तेक्वान्दो प्रतियोगिता

राष्ट्रिय आमन्त्रण संकटा रनिङ शिल्ड तेक्वान्दो प्रतियोगिता राजधानीको टेबहालमा हुने भएको छ। माघ १५–१६ गते हुने प्रतियोगिता मित्सुबिसी मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता लियोन मोटर प्रालिले गर्न लागेको हो।

महिला क्रिकेट त्रिकोणीय प्रतियोगिता माघ ५ गतेबाट

कलैयामा माघ ५ गतेदेखि राष्ट्रिय स्तरको टि–२० महिला क्रिकेट त्रिकोणीय प्रतियोगिता संचालन हुने भएको छ।

आहा रारा फुटबल प्रतियोगितामा अमेरिकाको टोली, प्रथम हुनेलाई पाँच लाख

सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ।

झापामा ठूला प्रतियोगिताको लहर

नेपाली फुटबलको उर्वर भूमि मानिने झापामा पछिल्लो समय ठूला फुटबल प्रतियोगिताको लहर चलेको छ। सहारा सुरुङ्गा गोल्डकप सकिएको धेरै भएको छैन। शरणामती फुटबल प्रतियोगिता झापामा जारी छ।

सिड्नीमा हुने भलिबल प्रतियोगितामा आठ टिम भिड्दै

पोखरा भलिबल क्लबको आयोजनामा अष्ट्रेलियामा भलिबल प्रतियोगिता हुने भएको छ। डिसेम्बर ११ तारिखमा सिड्नीमा होल्म्स कप भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

नेपालमा आठ वर्ष पछि अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। नेपाल ब्याडमिन्टन संघले मंसिर २८ देखी पुस २ गते सम्म नेपाल बिडब्लुएफ अन्तर्राष्ट्रिय सिरिज काठमाडौंमा गर्ने तयारी गरिरहेको छ।

झापामा अर्को फुटबल प्रतियोगिता

नेपाली फुटबलको उर्भर भुमिको रुपमा स्थापित झापामा यो वर्षदेखि अर्को गोल्डकप फुटबल प्रतियोगिता थपिने भएको छ। झापामा पछिल्लो समय करिव आधा दर्जन राष्ट्रिय स्तरका प्रतियोगिता हरेक वर्ष हुने गरेका छन्। त्यसमा यो वर्षदेखि प्रथम शरणामती गोल्ड कपका नाममा अर्को प्रतियोगिता मंसिर २० देखी थपिने भएको छ।

सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि, प्रवेश निःशुल्क

प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्