२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

उन्नाइस वर्षमुनिको क्रिकेट प्रतियोगिता हुने

इटहरी – यहाँको डिएभी क्रिकेट खेल मैदानमा यही चैत २७ गतेदेखि ३१ गतेसम्म पीएलओ प्रथम यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग हुने भएको छ । 

प्रिमियर लिगमा ६ वटा टिमको सहभागिता रहने इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रको क्रिकेट टिमको सहभागिता रहनेछ । 

समूह ‘क’ मा पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल तथा समूह ‘ख’मा मध्यमाञ्चल, सुदूरपश्चिमाञ्चल र इटहरी क्रिकेट एकेडेमी रहेका छन् । प्रतियोगिताको विजेताले रु ५० हजार, उपविजेताले रु ३० हजार, सर्वोत्कृष्ट खेलाडीले रु पाँच हजार तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले रु दुई/दुई हजार पुरस्कार प्राप्त गर्नेछन् । रासस 

प्रकाशित: २० चैत्र २०७३ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App