२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

चीनमा नेपाल चिनाउने फोटो प्रतियोगिता

चीन–पर्यटन प्रबद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता चीनमा सुरु भएको छ । प्रतियोगितामा भाग लिन नेपाल भ्रमणमा जाने पहिलो चिनियाँ फोटोग्राफी टोलीलाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले रुद्राक्षको माला लगाई बिदाइ गरेका थिए । काठमाडौं महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर छन्दू सहरको पर्यटकीय क्षेत्र वाइड न्यारो एलेमा छ दिने नेपालसम्बन्धी फोटो प्रदर्शनी सुरु गरिएको हो ।
दैनिक एक लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने वाइड न्यारो एलेमा कम्तिमा ६ लाख चिनियाँ तथा विदेशी पर्यटकले उक्त प्रदर्शनी अवलोकन गर्न अपेक्षा गरिएको छ । प्रतियोगिता र प्रदर्शनीको उद्घाटन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको पर्यटन प्रबद्र्धन गर्न फोटो प्रतियोगिता कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । चीन नेपालको दोस्रो ठूलो पर्यटकीय देश भएको उल्लेख गर्दै नेपालको पर्यटन प्रबद्र्धनका क्षेत्रमा छन्दू सहर, सिछुवान प्रान्त महŒवपूर्ण हुने उनले बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका मिडियाविज्ञ शरद प्रधानले नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफी पर्यटनको अवधारण विकसित भएको उल्लेख गर्दै प्रतियोगितामार्फत अझ धेरै चिनियाँलाई नेपालमा स्वागत गर्न सकिने विश्वास व्यक्त गरे । अन्य गन्तव्यको तुलनामा नेपालमा जाने चिनियाँ पर्यटकको संख्या थोरै भएकाले फोटोग्राफी प्रतियोगिता र प्रदर्शनी गरिएको उनले जानकारी गराए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पठाएको  शुभकामना सन्देश पढेर सुनाइएको थियो । नेपाल पर्यटन बोर्डको प्रबद्र्धन तथा बेइजिङस्थित नेपाली राजदूतावास, सिछुवान प्रान्तीय र छन्दू  नगर सरकार, पर्यटनसँग सम्बन्धित स्थानीय संघसंस्था, चीनका फोटोग्राफी क्लबलगायतको सहकार्यमा उक्त कार्यक्रम साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो ।
प्रतियोगिताको अवधिभर सन् २०१८ मा कम्तिमा २० हजार चिनियाँ फोटोग्राफरलाई नेपाल भ्रमण गराउने र उनीहरूमार्फत सन् २०१९ मा पाँच लाख चिनियाँ पर्यटकलाई नेपाल लैजान सकिने सोसाइटीले  प्रक्षेपण छ ।
उद्घाटन कार्यक्रममा सिछुवान प्रान्त र छन्दू नगरपालिकाका उच्च पदस्थ सरकारी अधिकारी, स्थानीय पर्यटन व्यवसायी, फोटोग्राफर क्लबका अधिकारी, पत्रकार, छन्दू मा अध्ययनरत नेपाली विद्यार्थीलगायत एक सय पचासभन्दा बढीको सहभागिता रहेको थियो ।

 

प्रकाशित: ५ पुस २०७४ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App