२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पुरुषतर्फ क्वार्टरफाइनल समीकरण पूरा

बुद्ध ग्याम्जो लामा (नीलो) लाई मुक्का प्रहार गर्दै लक्ष्मण भाट । तस्बिरः राखेप

काठमाडौं – प्रथम नोभिस राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार पुरुष यु–१९ र यु–२४ उमेरसमूहका क्वार्टरफाइनल समीकरण पूरा भएका छन्।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको यु–२४ उमेर समूहअन्तर्गत ५२ केजी तौलसमूहमा ललितपुरका बुद्ध ग्याम्जो लामाले अछामका लक्ष्मण भाटलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका थिए।

सोही उमेरसमूहको ५६ केजी तौलसमूहमा पुरन रासकोटीले सौरभ अधिकारीलाई, सरोज गुरुङले थमन गाहालाई, रोबिन घिमिरेले प्रशान्त लामालाई, सुजन पौडेलले जितेन्द्र रोक्कामगरलाई, निसम घर्तीमगरले राजन केसीलाई, अन्सल शाक्यले नवीन लिम्बुलाई र केश लामाले गिरिराज थापालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए। 

नेपाल बक्सिङ संघको आयोजनामा भएको यु–१९ उमेरसमूहअन्तर्गत ४९ केजीमुनि सबिन रजकले शेखर पुरीलाई, अर्जुन श्रेष्ठले प्रमोद भण्डारीलाई, रबिन थापाले अर्जुन तामाङलाई, आकाश विष्टले वसन्त राईलाई, जीवन पाख्रिनले छिरिङ वाङ्देनलाई, रावन अलीले धर्मेन्द्र राइलार्ई, सुरज ओलीले सलिम महर्जनलाई र आकाश शाहले प्रशान्त विष्टलाई हराउँदै अन्तिम आठमा स्थान बनाए।

प्रतियोगितामा यु–१९ महिलातर्पm ४८ केजी, ५१ केजी, केजी ५४, ५७ केजी र ६० तथा यु–२४ मुनिको महिलामा ४८ केजी, ५१ केजी, ५४ केजी, ५७, ६० केजी र ६४ केजी तौलसमूहमा पनि प्रतिस्पर्धा हुने संघका सदस्य दीपक महर्जनले जानकारी दिए। शुक्रबारबाट क्वार्टरफाइनलका खेल हुनेछन्।

प्रकाशित: ७ मंसिर २०७५ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App