२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

तेस्रो राष्ट्रिय एकायन कराते सम्पन्न

काठमाडौं –  नेपाल एकायन कराते संघको आयोजनामा तेस्रो एकायन कराते राष्ट्रिय प्रतियोगितासम्पन्न भएको छ। प्रतियोगितामा पुरुष  २५ केजि तौल समूहमा अनिज क्षेत्री, ऋषभ रौनियार र रबि बहेलिया क्रमशः प्रथम,द्वितीय र तृतीय भए। ३० केजीमाएलिश राई प्रथम, कृष्ण भुसाल द्वितीय र विज्ञान बस्नेत तृतीय,३५ केजीमा सोम घले प्रथम,  रिजन पौडेल द्वितीयर नारायण तामाङ तृतीय भए।

त्यस्तै ४० केजीमा अनिश भुसाल, युगेश लामा र अमिर पाण्डे क्रमशः प्रथम, द्वितीय र तृतीय, ४५ केजी तौलमा मुस्कान पुनमगर प्रथम,विशाल सुन्दास द्वितीय र मनिश पनेरु तृतीय, ५० तौलमा धनराज तामाङ, नरेश चौधरी र कृष्ण चौधरी क्रमशः शीर्ष तीनमा, पुरुष  ५५ केजीमा बिजन राई प्रथम, द्वितीय सुदीप राई  र जनिप परियार तेस्रो भए।

खुला समूहमाविजय तामाङ, जयमान तामाङ र विजय माझी  क्रमशः  प्रथम, द्वितीय र तृतीय भए। महिलामा ३० केजीमा रोजिना लामा पहिलो,आकृति क्षेत्री दोस्रो र मनिसा लामा तेस्रो, ४० केजीमामुना लामा पहिलो, युनिशा राउत दोस्रो र सानुमाया लामा तेस्रो भइन्। ५० केजीमाथि मनिसा घले, प्रकृति स्थापित र दीक्षा राइले  क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे।

विजेतालाई काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पुरस्कृत गरिन्। उक्त प्रतियोगितामा सात प्रदेशका १ सय ५० खेलाडीको सहभागिता थियो।

प्रकाशित: १६ माघ २०७५ ०१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App